Loading... आजः बुधबार, असार ९, २०७८

बलत्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ


जाजरकोट । बलत्कार गरेको आरोपमा जाजरकोटका एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । भेरी नगरपालिका २ डिंगा स्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक चक्रबहादुर थापा स्थानिय एक महिलालाई बलत्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

पिडित महिलाले उजुरी गरेपछि प्रधानाध्यापक थापालाई शुक्रवार पक्राउ गरिएको प्रहरी निरीक्षक केशर कार्कीले जानकारी दिनु भयो । सोही गाउँ निवासी ४८ बर्षिय थापालाई शुक्रवार नै जिल्ला अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।

जिल्ला न्यायधिस देवकुमार गिरीले यस्तो आदेश दिएका हुन् । घटना बारे अनुसन्धान भैरहेको प्रहरी निरीक्षक कार्कीको भनाई छ ।

भिडियो हेर्नुहोस : 


ताजा समाचार