Loading... आजः बुधबार, असार ९, २०७८

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु


सल्यान । सल्यानमा जिप दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ । जिल्लाको बडागाउँ नजिकै जीप दुर्घटना अरु आठजना घाइते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका ४ का अन्दाजी ६० वर्षीया कृष्णादेवी परियार र सोही ठाउँ निवासी ५९ वर्षीया यगी थापा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ल्यानको फलाबाँगबाट दाङ तुल्सीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप फलाबाँगको बडागाउँ नजिकै अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुने सबै त्रिवेणी गाउँपालिका ४ फालाबाँगका स्थानीय हुन् । घाइतेको उपचार अञ्चल अस्पताल तुल्सीपुरमा भइरहेको छ । चालकको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।


ताजा समाचार