Loading... आजः बुधबार, असार ९, २०७८

प्रदेशसभा सदस्य खत्रीको पहलमा सुत्केरीको उद्धार


जाजरकोट । सुत्केरी ब्यथाले छटपटाएकी छेडागाड नगरपालिका ९ की एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । तिन दिनदेखि सुत्केरी हुन नसकेर छटपटाइरहेकी ४७ बर्षीय पान कामीको बुधबार हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

कर्णाली प्रदेशसभा सदस्य कौशिलावती खत्रीको पहलमा उनलाई हेलीकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको हो । सुत्केरीहुन नसकेको खवर पाउन वित्तिकै हेलिकप्टरको व्यवस्थागरिदिन पहल गरेको प्रदेशसभा सदस्य शाहीले जानकारी दिनु भयो । प्रदेशसभा सदस्य शाहीको पहलमा सुत्केरीको उद्धार गर्न सफल भएको नगरप्रमुख लाल बहादुर महताराले जानकारी दिनु भयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रमको सहयोगमा सेनाको हेलिकप्टरले उद्धार गरेको हो । यही २५ गते सुत्केरी हुने मिति चिकित्सकले दिएपनि तिन दिनसम्म सुत्केरी हुन सकेकी थिइनन् ।

अस्पतालमा पुर्याएपछि उनकोे छोरा जन्मिएको छ । अहिले आमा र बाच्चाको अवस्था सामान्य रहेको युवा जय बहादुर बस्नेतले जानकारी दिनु भयो ।

 


ताजा समाचार