Loading... आजः बुधबार, असार ९, २०७८

जातिय विभेद विरुद्ध भेरी नगरपालिकाले तयार पार्यो तिन दर्जन सामाजिक अभियान्ता


रामचन्द्र घर्ती ।
जाजरकोट । जातिय छुवाछुत तथा भेदभावमुक्त नगरपालिका घोषणा गर्न भेरी नगरपालिकाले तिन दर्जन सामाजिक अभियान्ता तयार परेको छ । सन् २०२१ भित्र जातिय छुवाछुत तथा भेदभावमुक्त नगर घोषणा गर्न नगरपालिकाले सामाजिक अभियान्ता तयार पारेको हो ।

सदरमुकाम खलंगामा तिन दिने कार्यशाला गोष्ठीको आयोजना गरि १३ वटै वडाबाट प्रतिनिधित्व गराई उनिहरुलार्ई प्रशिक्षण दिइएको छ । उनिहरुलाई दलित अधिकारकर्मी तथा अधिवक्ता इमानसिंङ सुनार र शन्तोस भण्डारीले प्रशिक्षण दिनु भएको थियो ।

समाजमा व्याप्त जातिय विभेदलाई अन्त गराई अर्को बर्ष जातिय छुवाछुत तथा भेदभावमुक्त नगरपालिका घोषणा गर्न भेरी नगरपालिकाले काम सुरु गरिसकेको छ । गोष्ठिमा सामाजिक कार्यकर्ता, जानप्रतिनिधि, पत्रकार र अधिकारकर्मी सवैको प्रतिनिधित्व गराइएको थियो । अभियान्तालाई सवैवडामा परिचालन गरि जातिय विभेद विरुद्धको अभियानमा सक्रिय गराइने नगरपालिकाले जनाएको छ ।

अहिलेको अवस्थामा सामाजिक विभेद स्वीकार्य हुन नसक्ने नगरप्रमुख चन्द्रप्रकाश घर्तीको भनाई छ । जातको, बर्गको तथा लिंगको अधारमा हुने जुनसुकै विभेदको अन्त गरि सुसम्पन्न नगरपालिका निर्माणमा आफु सक्रिय रहेको उहाँको भनाई छ । सामाजिक रुपान्त्रणको पाटो जटिल भएपनि निरन्तर चेतनाको विकास गराउदै सवैप्रकारका विभेदको अन्त गरेरै छाड्ने नगरप्रमुख घर्तीको अठोट छ ।

परम्परागत चिन्तन र व्यावहारलाई परिवर्तन गर्नसके सवै प्रकारका विभेद अन्त हुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको भनाई छ । उहाँले शैक्षिक र आर्थिक आवस्थामा सुधार ल्याउन सके विभेद नुहने तर्क समेत गर्नु भयो ।

अहिलेको अवस्थामा जातजातको विचको भिन्नता विरुद्ध लड्नु दुर्भाग्य भएको पत्रकार विरबहादुर गिरिले बताउनु भयो । कानुनी रुपमा दण्डनीय हुदाहुदैपनि परम्परावादी सामाजिक चिन्त हट्न नसक्दा विभेद हुनेगरेको उहाँको भनाई छ ।


ताजा समाचार