Loading... आजः बुधबार, असार ९, २०७८

नेकपा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले पार्टीभित्रका विभिन्न केन्द्रीय निकाय गठन गरेको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिव अशोक रोकायलाई चयन गरेको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडैल छन्।

लेखा परीक्षण आयोग अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भए।

केन्द्रीय सल्लाहकार कमिटी अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई जिम्मेवारी दिइएको हो।

जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली रहेको श्रेष्ठले बताए।

‘बाँकी सांगठानिक विषय भने पछि बस्ने सचिवालय बैठकले टुंग्याउँछ,’ उनले भने।


ताजा समाचार