Loading... आजः बुधबार, साउन २१, २०७७

निशुल्क आकस्मिक प्राथमिक उपचार तालिम सम्पन्न

बाँके । नेपालगन्जमा बिहिवार एकदिने निशुल्क आकस्मिक प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।

डिस्कोभरि स्पोर्ट्स क्लब (युएई) को मुख्य आयोजना र लैगिक समानता र मानव अधिकार बिकास केन्द्र नेपालगन्जको सहकार्यमा तालिम सम्पन्न भएको हो । डिस्कोभरी स्पोर्ट्स क्लब (युएई) ले बिपद को बेला प्राथामिक उपचारले धेरै ज्यान बचाउन सकिने भएको ले तालिमको आयोजना गरेको हो ।

नेपालको २६वटा जिल्लामा आकस्मिक प्रथमिक उपचार तालिम सन्चालन गरेको र सस्थाले हालसम्म २५० जनालाई निशुल्क तालिम दिएको लैङिक समानता र मानव अधिकार बिकास केन्द्रका अध्यक्ष राहुल कौशलले बताएका छन ।बाढी पहिरो भुकम्प र सडक दुर्घटना जस्तो जोखिमको बेला अपनाउनु पर्ने साबधानिका २६ वटा बिषयहरु तालिममा सिकाएका छ्न ।

जोखिमका बेला आफू र अरुलाई कसरी बचाउने र पुर्व तयारी कसरि गर्ने र विपदलाई कसरी व्यवस्थापन गर्न सकिने भन्ने बिषयको जानकारी दिने उदेश्यले तालिमको आयोजना गरिएको हो। बाँकेमा दिइएको निशुल्क प्राथमिक तालिम लगत्तै बर्दियामा पनि तालिम आयोजना गर्ने लैङ्िगक समानता र मानव अधिकार बिकास केन्द्रका कार्यकारी निर्देशक सागर सिङ ठकुरिले जानकारी दिएका छन ।

तालिममा स्पोर्ट्स का प्रमुख ओम प्रसाद उप्रेती लगायत को टिमले तराईमा हुने बाढि डुबान कटान ,सर्पको टोकाई ,हृदयघात हुदाको समयमा तत्काल अपनाउनु पर्ने आकस्मिक प्राथमिक उपचारले बारेमा प्रशिक्षण गराएका थिए ।कार्यक्रम मा स्थानिय तहका प्रतिनिधि , विभिन्न सुरक्षा निकायका व्यक्ती , उद्योगि व्यापारी स्वास्थ क्षेत्रमा कार्यरत स्वास्थकर्मी लगायत विभिन्न स्कुल कलेजका विद्यार्थीहरुको सकृय सहभागिता रहेको थियो ।


ताजा समाचार