Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

सामाजिक जवाफदेहिताका औजारहरुको बारेमा सल्यानका स्थानिय तहहरुमा अभिमुखिकरण

सल्यान । सल्यानमा स्थानिय तहका कर्मचारिहरुलाइ सामाजिक जवाफदेहिताका औजारहरुको बारेमा अभिमुखिकरण गरिएको छ । सुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत जिल्लाका ४ स्थानिय तहहरुमा अभिमुखिकरण सम्पन्न भएको दलित विकास समाज सल्यानले जनाएको छ ।

दार्मा, सिद्धकुमाख, त्रिवेणी र कपुरकोट गाउँपालिकामा नागरिकलाई प्रदान गर्ने सेवा सुविधा सरल र प्रभावकारी बनाउन प्रयोग हुने सामाजिक जवाफदेहिताका औजारहरुको बारेमा अभिमुखिकरण गरिएको दलित विकास समाजका कार्यक्रम संयोजक गुमानसिंह नेपालीले बताए । मंगलबार कपुरकोटमा कार्यक्रम सम्पन्न भएको छ भने यहि आउने असोज ५ गते कालिमाटी गाउँपालिकामा पनि यस प्रकारको अभिमुखिकरण गरिने उनले जनाए ।

कपुरकोटमा आयोजित अभिमुखिकरण कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले शासन प्रणालीलाई पारदर्शी, जवाफदेही र नागरिकमुखी बनाउन सुशासनका औजारहरूको प्रयोग अनिवार्य रहेको चर्चा गरे । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका उनले आफ्नो गाउँपालिकाले सार्वजनीक सुनुवाई, सामाजिक परिक्षण जस्ता कार्य र विकास, निर्माण, नीति, नियम निर्माणमा नियमित नागरिकको सुझाव लिइरहेको बताए । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, विषयगत शाखा कार्यालयका प्रमुख, वडा सचिवहरु तथा स्वास्थ्य संस्था प्रमुखहरुको सहभागीतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।

सामाजिक जवाफदेहिताको अवधारणा, सामाजिक जवाफदेहिताका प्रकार, सामाजिक जवाफदेहिताका चार खम्वाहरु, सार्वजनिक जवाफदेहिताका साधनहरु प्रयोग गर्ने तरिका र सार्वजनिक जवाफदेहिताको सफलताका लागी आवश्यक पक्षहरुका बारेमा अभिमुखिकरण गरिएको थियो ।


ताजा समाचार