Loading... आजः बुधबार, असार ९, २०७८

जाजरकाेटमा हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार

जाजरकाेट । जाजरकोटकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सुत्केरी व्यथाले थलापरेकी कुशे गाउँपालिका–१, धाउनीकी २५ वर्षीया संगीताकुमारी शाही सिंहलाई नेपाली सेनाको हेलिकप्टरद्धारा उद्धार गरिएको हो ।

कुशे–१ का वडाअध्यक्ष गोपाल नेपाली र नेकपा नेताहरुको पहलमा शाहीको उद्धार भएको हो ।

वडाध्यक्ष नेपालीले जिल्लामा आवश्यक पर्ने प्रक्रिया पुरा गरेका थिए भने नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा पारसमणी, नेकपा जाजरकोटका नेता कृष्ण बिसी र नरबहादुर गिरी लगायतले काठमाडौँमा पहल गरेका थिए ।

तोकिएको मिति भन्दा झण्डै ७ दिन म्याद नाँग्दा सम्म सुत्केरी हुँन नसकेकोपछि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरर्गत राष्ट्रपती महिला उत्थान कार्यक्रम समन्वय इकाइको आर्थिक सहयोगमा हेलिकोप्टरबाट उद्धार गरिएको हाे ।

आवश्यक प्रक्रिया पुरा भएपछि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट कुशे पुगेर शाहीलाई उद्धार गरि सुर्खेत ल्याएको थियो । सेनाले सुर्खेत ल्याएपछि उनको बच्चा जन्मिएको थियो । तर, छोराको मृत्यु भईसकेको छ ।

आमाको अवस्था भने सामान्य रहेको आफन्तले जानकारी दिएका छन् । संगिताको उपचारमा लोग्ने झुपेन्द्र सिंह साथमा रहेका छन भने, उनको घरमा नाबालिका दुई छोरी छन् ।


ताजा समाचार