Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

खुर्पा प्रहारगरि श्रीमतीको हत्या


गोरखा । सामन्य बिवादमा गोरखामा खुर्पा प्रहारगरि श्रीमतीको हत्या गरेका छन् । गोर्खा नगरपालिका–९ लक्ष्मीबजारका २० वर्षीय याकुव परियारले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।

शनिबार राति १० बजेतिर श्रीमती पूजा परियारमाथि खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मृतकका श्रीमानले मानसिक रोगको औषधि सेवन गर्दै आएको बताइएको छ ।

उनले औषधि सेवन गर्न छोडेको एक महिनामै यो घटना भएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले राति नै पक्राउ गरेको छ ।


ताजा समाचार