Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

रक्सी भनेर मछिनोको तेल खाँदा एक जनाको ज्यान गयो


ओखलढुंगा । रक्सी भनेर मछिनोको तेल खाँदा ओखलढुंगामा एक जनाको ज्यान गएको छ । मोलुङ गाउँपालिका ७, पात्लेमा मछिनोको तेल खाँदा ३९ वर्षीय मकर तामाङको ज्यान गएको हो ।

तामाङले शनिबार रक्सी भनेर झुक्किएर मछिनो (ऐंसेलु चुत्रोजस्तै एक प्रकारको फल)को तेल खाँदा ज्यान गएको परिवारका सदस्यले जानकारी गराएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए ।

मृतक तामाङ आफैंले गएको नौ वर्षदेखि पात्लेमा मछिनो उद्योग चलाउँदै आएका थिए । उनले प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई रक्सी ठानेर पिउँदा बिरामी परेकाले परिवार तथा स्थानीयको सहयोगमा अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको वडाध्यक्ष सुनुवारले जानकारी दिए ।


ताजा समाचार