Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जाजरकाेटका एक वडा अध्यक्ष विरुद्ध प्रशासनमा उजुरी

जाजरकोट । मृत्यु भएका व्यक्तिको नाम आफै कृत्य हस्ताक्षर गरी रकम बुझेको देखि निर्माण नभएको योजना निर्माण भयो भनि रकम भ्रष्टाचार गरेको भन्दै प्रशासनमा स्थानीयले उजुर दिएका छन् ।

जिल्लाको भेरी नगरपालिका – २ तिमिलेका स्थानीयवासीले आज जिल्ला प्रशासन कार्यालयमा आएर कांग्रेस बाट निर्बाचित  वडा अध्यक्ष कालीबहादुर ओलीका विरुद्धमा उजुरी दर्ता गरेका हुँन् । थर्पुपिको लघुजलविद्युत आयोजना निर्माण भयो भनि २०७३ सालमा नेपाल जलवायु परिवर्तन नामक कार्यालयबाट रकम भुक्तानी लिएको तर गाउँमा योजना निर्माण नै नभएको ओलीमाथी आरोप छ । सोही समयमा ओलीले प्रत्येक घरधुरीबाट रु ७ हजारका दरले रकम उठाएर रु ५ लाख २१ हजार रकम उठाएर हाल सम्म जनतालाई उपलव्ध नगराएको आरोप समेत लागेको छ । खहरेखोला तिमीले खानेपानी योजनाको २०७५ सालमा आशा नेपालबाट रकम भुक्तानी लिएको तर १८ घरधुरीले अहिले सम्म काम गरेको रकम नपाएको आरोप समेत लागेको छ । सामाजिक सुरक्षा भत्ता अन्तरर्गत मृत्यु भएका व्यक्तिको नाममा मृतक व्यक्तिकै सहि गरेर विद्युवा भत्ता हिनामिना गरेको आरोप छ ।

भद्रशिला ओलीको मृत्यु २०७४ साल मंसिरमै मृत्यु भएपनि उनको भत्ता २०७५ साल मृत्यु भएको व्यक्तिले हस्ताक्षर गरी रकम निकासा गरी हिनामिना गरेको आरोप छ । त्यस्तै २०७४ सालमा मृत्यु भएकी कुमारी पुनको हस्ताक्षर कुमारी पुननै लेखेर रकम बुझेको तथ्य फेला परेको छ । २०७४मा मंसिरमा मृत्यु भएकी पशुपती खत्रीको विधुवा भत्ता समेत यो आर्थिक वर्षको पहिलो चौमासिकमा गोपाल पुन छोरा भएको भनि हस्ताक्षर गरी रकम वुझेको उल्लेख छ । जव कि उनको छोराको नाम त्यो नभएको उजुरीकत्र्ताले बताएका छन् । विद्युत निर्माण नभएपछि पटक , पटक रकम माग्दै आएका उपभोक्ताहरुले वडा अध्यक्ष वलीले नदिएपछि प्रशासनको सरणमा गएको बताएका छन् ।

थर्पुपिको जलविद्युत आयोजनाका नाममा २०७३ साल कार्तिक २४ गते खरिद गरिएको ११० एमएमको ९सय मिटर पाईप प्रतिमिटर रु ३८३ रुपैया ५० पैसा अहिलेको वजार मुल्य भन्दा बढी भएको भन्दै उपभोक्ताले उजुरीमा छानमिनको माग गरेका छन् । गैरीशंकर टेड्रस कारकाँदो नेपालगन्जबाट वडा अध्यक्ष वलीले १ लाख ७६ हजार रुपैया बढीको विल बढाएर पाईप खरिद गरेको स्वीकार गरेको आरोप लगाउने खीमबहादुर खड्का र वलबहादुर खत्रीले बताए ।

तत्कालिन समयमा उपभोक्ता समितिका सचिव समेत रहेको खत्रीले अध्यक्ष ओलीले व्यापक अनियमिता गरेको दावी गरेका छन् । त्यस्तै उजुरी दिने थाह पाएपछि केही व्यक्तिलाई सदरमुकाम स्थित होटलमा जम्म गरी रु १ लाख ७६ हजार फिर्ता गर्न तयार भएको समयमा खीमबहादुर खड्काले कव्जा गरेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण समेत गरेका छन् । आशा नेपालबाट अहिले ७ लाखको सोही ठाउँमा खानेपानीको योजना परेकोले पुरानो पाईप अहिलेको खानेपानीमा प्रयोग गरेर अहिलेको रकम बचाएर जनतालाई दिने बताएपछि थप विवाद भएको खड्काले बताए ।


ताजा समाचार