Loading... आजः बुधबार, असार ९, २०७८

आज सूर्य ग्रहण लाग्दै

काठमाडौं । सूर्य ग्रहण एउटा यस्तो घटना हो। जसलाई विश्वभरी अनौठौ रुपले हेरिन्छ। जब सूर्य र पृथ्वीकोबीचमा चन्द्रमा आउँछ अनि सूर्य ग्रहण लाग्छ। यो वर्ष जुलाई २ अर्थात आज मंगलबारको दिन पूर्ण सूर्य ग्रहण लाग्दैछ। जब सूर्य पुरै ढाकिन्छ र देखिदैन् भने त्यसलाई पूर्ण सूर्य ग्रहण भनिन्छ। हरेक वर्ष सबैले सूर्य ग्रहणको बारेमा सुन्दै आएका छौं। तर सूर्य ग्रहण लाग्नुको वास्तविक कारण के हो तरु

यस्तो हुन्छ सूर्य ग्रहण
सौर्यमण्डलको राजा सूर्य मानिन्छ। हामी बसिरहेको ग्रह अर्थात पृथ्वी आफ्नो ठाउँमा घुमिरहन्छ। यसका साथै पृथ्वी सूर्यको वरिपरी पनि घुमिरहन्छ। यस्तै चन्द्रमा भने पृथ्वीको उपग्रह हो। चन्द्रमाले पृथ्वीको वरिपरि परिक्रमा गर्छ। सिंगो एक वर्षभरि घुम्ने क्रममा चन्द्रमा पृथ्वी र सूर्यको बीचमा आइपुग्छ। अनि पृथ्वीमा सूर्य ग्रहण लाग्छ। यो समयमा सूर्य आशिंक वा पूर्ण रुपले देखिन छोड्छ। यही घटनालाई सूर्य ग्रहण लागेको भनिन्छ।

खगोलीय घटना हो सूर्य ग्रहण
खगोल विज्ञान भन्छ, सूर्य ग्रहण एउटा खगोलीय घटना हो। यसका अनुसार जब एउटा ग्रहले अर्को ग्रहलाई आशिंक वा पूर्ण रुपले ढाकिदिन्छ तब ढाकिएको ग्रहमा ग्रहण लाग्छ र यहीं खगोलीय घटनालाई ग्रहण लागेको भनिन्छ। पृथ्वी र सूर्यमा ग्रहण लाग्नुमा चन्द्रमाको ठूलो भूमिका हुन्छ।

सूर्य ग्रहण नेपाली समय अनुसार राती १० बजेर ४० मिनेट जाँदा शुरु हुनेछ। सो ग्रहण राति ३ बजेर ३६ मिनेटमा सकिनेछ। उक्त ग्रहण करिब ४ घन्टासम्म लाग्नेछ। आज लाग्ने सूर्य ग्रहणलाई नेपालबाट भने देख्न सकिने छैन्। यसलाई दक्षिणी अमेरिका, प्रशान्त महासागर र दक्षिणमध्ये अमेरिका, अट्लान्टिका, ला सेरेना, सैन जुआन, ब्रागाडो, जूनिन औरियो कुआर्टो, चिली तथा अर्जेन्टिनालगायत देशहरुबाट देख्न सकिन्छ।


ताजा समाचार