Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

छेडागाड नगरपालिकाद्वारा ५० करोड बजेट प्रस्ताबित

जाजरकोट । छेडागाड नगरपालिकाको नगर सभा सुरु भएको छ। छेडागाड नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७का लागि ५० करोड बजेट प्रस्ताब गरेको छ ।

मंगलबार देखि सुरु भएको छेडागाड नगरपालिकाको छैठाैँ नगरसभामा आर्थिक वर्ष २०७६/०७७ को बजेट व्यक्तव्य गर्दै छेडागाड नगरपालिकाकी उपमेयर सरीता वलीले छेडागाड नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७का लागि ५० करोड, ७९ लाख, १५ हजार बराबरको अनुमानित बजेट पेश गर्नुभएकाे छ ।

उप प्रमुख वलीले प्रस्तुत गरेको बजेट वक्तब्यमा प्रशासनिक तथा चालु खर्च तर्फ रु १४ करोड ९ लाख ३ हजार ५ सय र पूँजीगत खर्चतर्फ  रु १४ करोड २१ लाख  ८० हजार र  सर्शत अनुदान तर्फ १३ करोड १८ लाख वजेट उल्लेख छ ।

साथै उहाँले स्थानीय पूर्वाधारहरुको विकास र विस्तार गर्ने, उत्पादनन उत्पादकत्व बृद्वि गर्ने, कृषिको आधुनिकरण र व्यावसायिककरण र यान्त्रिकीकरण गर्ने, पर्यटन पूर्वाधारको विकास र प्रवद्वन गर्ने, नगरपालिकाका सबै वडाहरुमा सडकमार्ग विस्तार गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई सेवाको अभिवृद्वि गर्ने लगायत बजेटका प्रमुख उद्देश्य रहेको बताउनुभएकाे छ  ।

नगर सभाकाे उद्घाटन कर्णाली प्रदेश सभा सदस्य काैशिला खत्रीले गर्नुभएकाे नगर प्रबक्ता गणेश प्रसाद जैसीले बताउनुभयाे ।


ताजा समाचार