Loading... आजः बुधबार, असार ९, २०७८

वातावरणीय सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न

जाजरकाेट । कुशे गाउँपालिकाको वडा नम्बर ५ दम्दालामा वातावरणीय सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रर्दशन गरिएको छ ।

शनिबार दम्दाला-५ स्थित पशुपति मावि काे प्राङ्गणमा भएकाे सडक नाटक कुशे गाँउपालिकाको आर्थिक सहयोग तथा बहुप्रतिभा तथा कला संरक्षण केन्द्र जाजरकाेटकाे आयाेजनामा भएकाे हो ।

बहुप्रतिभा तथा कला संरक्षण केन्द्र जाजरकाेटका कलाकारहरुले प्रस्तुत गरेको नाटकमा शौचालयलाई सफा राख्ने तरिका, सुरक्षित खानेपानीको प्रयोग, साबुनपानीले हात धुनैपर्ने अवस्थाहरु, बातावरणीय सरसफाइ, घरायसी फोहोरमैलाको व्यवस्थापन, कुहिने फोहोर र नकुहिने फोहोरको व्यवस्थापनका विषयबस्तुलाई आकर्षक ढंगले प्रस्तुत गरिएको थियो ।

सडक नाटक मार्फत वातावरणीय सरसफाइ सम्बन्धी सचेतना प्रवाह गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको बहुप्रतिभा तथा कला संरक्षण केन्द्र जाजरकाेटका सचीव रेशम बहादुर शाहीले बताए ।

वातावरणीय सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक यसअघि कुशे गाँउपालीकाकाे वडा न‌ं. १ मा पनि ४ गते सम्पन्न भएकाे र यस जनचेतनामूलक सडक नाटकलाइ करिब ८ सय जनाले अबलाेकन गरेकाे शाहीले बताए ।

 


ताजा समाचार