Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित

बेलायत ।  विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित हात पारेको छ ।

बर्षाले प्रभावित खेलमा गएराति अफगानिस्तानलाई डकबर्थ लेबिस पद्दतीका आधारमा ३४ रनले हराउदै श्रीलंकाले पहिलो जित हात पारेको हो । कार्डिफमा वर्षाले प्रभावित खेलमा अफगानिस्तानलाई ४१ ओभरमा १ सय ८७ रनको लक्ष्य दिईएको थियो । अफगानिस्तान ३२ दशमलब ४ ओभरमा १ सय ५२ रनमै समेटियो । नाजिबुल्लाह जर्दानले सर्बाधिक ४३ रन बनाएको अफगानिस्तानको इनिङ्समा हज्रतुल्लाह जजाईले ३० रन बनाए । कप्तान गुल्वदिन नाईबले २३ रन जोडेको ईनिङसमा अन्यले गतिलो प्रर्दशन गर्न नसक्दा अफ्गानिस्तान जित नजिक पुगेर पनि हार भोग्न बाध्य भयो ।

श्रीलंकाका नुवान प्रदिपले ४ तथा लासिथ मालिंगाले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंका ३६ दशमलब ५ ओभरमा २ सय १ रनमा अलआउट भएको थियो । कुशल परेराले ७८ रन बनाएको श्रीलंकाको ईनिङमा कप्तान दिमुथ करुणारत्नेले ३० र लाहिरु थिरिमानेले २५ रनको योगदान गरे । अफगानिस्तानका महम्मद नाबीले ४ तथा रासिद खान र दौलात जर्दानले समान २ विकेट लिए । पहिलो ईनिङस जारी रहदा बर्षा भएपछि खेल ४१ ओभरमा छोट्याईएको थियो ।

विश्वकप क्रिकेटमा आज ईण्डिया र साउथ अफ्रिका तथा न्युजिल्याण्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । जारी विश्वकपमा इण्डियाले पहिलो खेल खेल्न लागेको हो भने साउथ अफ्रिकाले यसअघिका दुवै खेल गुमाएको छ । खेल नेपाली समयअनुसार अपरान्ह सवा ३ बजे साउथहेप्टनमा हुनेछ । दोस्रो जितको खोजीमा रहेका न्युजिल्याण्ड र बंगलादेश पनि सोही समयमा लण्डनमा प्रतिस्पर्धा गर्नेछन् । दुवैले पहिलो खेलमा जित निकालेका थिए ।


ताजा समाचार