Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

नेपाली सेना र भेरी नगरपालिकाले निर्माण गर्यो सुविधायुक्त पिक्निक स्पोट


जाजरकोट । रानागाउँको विपि बाटिकामा निर्माण गरिएको पिक्निक स्पोट भेरी नगरपालिकालाई हस्तान्त्रण गरिएको छ । कुइक इम्प्याक्ट परियोजना अन्तरगत नेपाली सेनाको ज्वालादलगणले निर्माण गरेको पिन्कि स्पोटलाई शुक्रवार भेरी नगरपालिकालाई हस्तान्त्रण गरिएको हो ।

ज्वालादल गण मालिका व्यारेकका निमित्त गनपति दिनेश कुमार खड्काले नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई पिक्निक स्पोटको चावी हस्तान्त्रण गरेका छन् ।

उक्त परियोजना अन्तरगत सेनाको श्रमदान सहित तिन लाख पचास हजार र भेरी नगरपालिकाको एक लाख सहयोगमा निर्माण गरिएको हो ।

उक्त स्पोटमा एउटा ट्रष्ट घर, खानेपानिको धारा र एउटा सौचालयको निर्माण गरिएको छ । उक्त स्थानबाट खलंगाको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । यो निर्माण संगै आन्तरिक पर्यटक प्रवद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


ताजा समाचार