Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

सरकारले बृद्धभत्ता बढायो, अब मासिक ३ हजार पाइने


काठमाडौं । सरकारले बृद्धभत्ता एक हजार बढाएर मासिक ३ हजार पुर्याएको छ । आर्थिक वर्ष ०७६–०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाएर ३ हजार पुर्याएको हो ।

त्यस्तै अरु भत्ता एक हजार बढेको छ । पहिले दिदै आएको सवै सामजिक सुरक्षा भक्तामा एक हजार बढाएको हो ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमअनुसार हाल जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएकालाई मासिक २ हजार रुपैयाँ, आंशिक अपांग भएकालाई ६ सय रुपैयाँ, एकल महिलालाई १ हजार, लोपोन्मुख आदिवासी जनजातीलाई २ हजार र बालबालिकालाई मासिक ४ सय रुपैयाँ दिंदै आईएको थियो ।

सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक, ६० वर्ष उमेर पुगेका दलितरकर्णालीका जेष्ठ नागरिक,पूर्ण तथा आंशिक अपांगता, एकल महिला र लोपोन्मुख आदिवासीरजनजाती र बालबालिका समेटिन्छन्

भिडियो हेर्नुहोस : 


ताजा समाचार