Loading... आजः बुधबार, असार ९, २०७८

देवर-भाउजूको प्रेमले निर्मलालाई जिउँदै जलायो

काठमाडौं । भाउजूसँगको प्रेम लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। धनुषाको शहिद नगरपालिका-१ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेशले वैशाख ५ गते निर्मलाको शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए।

घटनामा निर्मलाको शरीरको छाला ७० प्रतिशत जलेको थियो। जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको थियो। उपचारका क्रममै वैशाख १६ गते निर्मलाको मृत्यु भएको थियो।

विवाहअघि नै भाउजू श्यामादेवी यादवसँग मुकेशको प्रेम रहेको र बिहेपछि पनि उनीहरू छुट्टिन नसकेपछि निर्मलाको हत्या गरेको धनुषाका एसपी शेखर खनालले बताए। निर्मलासँग विवाह १० महिना नवित्दै मुकेशले उनलाई जलाएका थिए।

एसपी खनालका अनुसार श्यामादेवीकै कारण मुकेश र निर्मलाबीच झगडा हुन थालेपछि उनले नै जिउँदै जलाएर हत्या गर्ने योजना बनाएकी थिइन्। निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए।

अन्नपुर्णबाट साभार


ताजा समाचार