Loading... आजः बुधबार, असार ९, २०७८

डाक्टर लिएर नागरिकको उपचार गर्न गाउँ पुगे भेरी नगरपालिकाका प्रमुख

 

जाजरकोट । डाक्टर सहितको स्वास्थ्य कर्मीलाई लिएर भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती नागरिकको उपचार गर्न गाउँ पुगेका छन् । स्वास्थ्य संस्थाको सहज पहुँच नभएको गाउँमा प्रथम मेयर निशुल्क घुम्ति स्वास्थ्य शिविर मार्फत नागरिकहरुको उपचार गर्न चिकित्सकहरुको टोली लिएर नगरप्रमुख घर्ती गाउँ पुगेका हुन् ।

शिविर संचालन गर्न आइतवार भेरी नगरपालिकाको वडा नम्बर २ को डिगाँमा पुगेका छन् । आइतवार देखि सुरु भएको शिविरको उद्घाटन गर्दे नगरप्रमुख घर्तीले स्थानियलाई अधिकतम लाभ लिन आग्रह गरेका छन् ।

विशेष गरेर महिला, बालबालिकाहरुलाई तथा जेष्ठ नागरिकलाई लक्षित गरेर शिविर संचालन गरेको उनले बताए ।

नागरिकको घरदैलोमै शिविर राखेर आर्थिक रुपमा पछि परेका, अशक्त, वृद्धवृद्धा तथा वालवालिकालाई स्वास्थ्य उपचार गरिएको नगरप्रमुख घर्तीले बताए ।

विशेषज्ञ सेवासहितको निशुल्क स्वास्थ्य चेकजाच गर्छाै, औषधि र जटिल रोग पत्ता लागे सुविधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाउछौ घर्तीले भने ।

दुई दिन सम्मा संचालन हुने भेरी नगरपालिकाले गाउँमै पहिलो पटक भिडियो एक्स–रे, दन्त सेवा, पाठेघरको जाँच, त्यसको क्यान्सरको जाँच, खकार परिक्षण लगायतको सेवासुविधा सहितको शिविर संचालन गरेपछि स्थानियबासी निकै खुसि भएका छन् ।

शिविरमा डा.भुपेन्द्र मल्ल लगायतका १३ जना अन्य स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिइरहेको छ ।

 


ताजा समाचार