Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

शरदकाे उत्कृष्ठ बलिङमा एपिएफ फाईनलमा प्रबेश

बाँके । आठौ रास्ट्रीय खेलकुद अन्तर्गत पुरुष क्रिकेट तर्फ काेहलपुरमा आज सम्पन्न पहिलाे सेमिफाइनलमा खेलमा प्रदेश न १ लाई ८ विकेटले पराजित गर्दै एपिएफ फाइनल प्रबेस गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं. १ ले निर्धारित २० ओभरकाे  खेलमा १६.३ ओभरमा  पुरै १० विकेट गुमाएर  ४९ रन मात्र बनाउन सक्याे । जसमा मिनस थापा र सनि पुनले समान १४/१४ रन बनाए भने अन्य ब्याट्सम्यानले दाेहाेराे अङ्क बनाउन सकेनन । प्रदेश १ लाई सस्तैमा राेक्ने क्रममा एपिएफमा कप्तान शरद भेस्वाकरले ४ विकेट लिन सफल भए भने बसन्त रेग्मीले ३ विकेट लिए ।

५० रनकाे झिनाे लक्ष्य पाएर मैदान उत्रिएकाे एपिएफले १०.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्याे । जसका लागि शङ्कर रानाले २३ र प्रदिप ऐरीले १७ रन बनाउन सफल भए । प्रदेश न. १ का दिपेश कडेल र पुष्प थापाले समान १-१ विकेट हात पारे ।

उक्त खेलक प्येयरअफ द म्याच ४ विकेट लिएका एपिएफका शरद भेस्वाकर घाेषीत भए ।

दाेस्राे सेमीफाइनल खेल आजै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच दिनकाे २ बजे हुनेछ ।


ताजा समाचार