Loading... आजः बुधबार, असार ९, २०७८

महिला क्रिकेट : फाईनलमा नेपाल एपीएफ र प्रदेश १ भिड्ने

दाङ । आठाै राष्ट्रिय खेलकुद अन्तरगत महिला क्रिकेट खेलकाे उपाधिका लागि नेपाल एपीएफ क्लब र प्रदेश १ भिड्ने भएका छन् ।

सोमबार लमही क्रिकेट मैदानमा भएको सेमिफाइनलमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले र एपीएफले प्रदेश २ लाई ६७ रनले हराउँदै फाइनलमा पुगेको हो ।

टस जितको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाई ८० रन जोडयो । सुदूरपश्चिमकी विन्दु रावल २६ र कविता जोशी ११ रन बनाई अविजित रहिन् । प्रदेश १ की निग्मा तामाङले २ तथा रुविना क्षेत्री, सवनम राई र संगिता राईले १र१ विकेट लिए ।

प्रदेश १ ले १३.४ ओभरमा लक्ष्य पूरा गर्‍यो । रुविना ४३ र रोमा थापा २१ रन बनाई अविजित रहिन् । सुदूरपश्चिमकी कविता जोशीले २ विकेट लिइन् । वुमन अफ द म्याच प्रदेश १ की रुविना भइन् ।

दोस्रो सेमिफाइनलमा टस जितेको एपीएफले २० ओभरमा ५ विकेट १ सय ३६ रन बनायो । इन्दु बर्माले अविजित ४१, ममता चौधरी ३९ र सीता रानामगरले २६ रन हानिन् । प्रदेश २ बाट शान्ति चौधरीले २ विकेट लिइन् ।

२ नं प्रदेश २० ओभर पूरा खेली ६९ रनमा अलआउट भयो । अनुराधा चौधरीले २२ र शोभा आलेले १६ रन बनाइन् । एपीएफकी सरिता मगर ३, सीता राना मगर र रितु कनोजियाले २र२ विकेट लिए । वुमन अफ द म्याच एपीएफकी सीता रानामगर भइन् ।


ताजा समाचार