Loading... आजः बुधबार, असार ९, २०७८

काँग्रेस आम सभालाइ सम्वोधन गर्न गगन थापा जाजरकाेट आउदै

फाईल तस्बिर

जाजरकाेट । नेपाली काँग्रेसको गाउँ जागरण कार्यक्रम अन्तरगत वैशाख ११ गते जाजरकोटको थलह वजारमा आयोजना हुने आमसभालाइ काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले सम्वोधन गर्ने भएका छन् ।

नेपाली काँग्रेसले वैशाख ११ गते देखि देशै भरि सुरु गर्ने जागरण अभियान अन्तरगत जाजरकोट काँग्रेसले छेडागाड नगरपालिकाको थलह वजारमा आयोजना गरेको क्षेत्रिय आमसभालाइ पार्टी केन्द्रिय समितिको तर्फवाट सम्वोधन गर्न काँग्रेसका चर्चित युवा नेता थापा आउन लागेका हुन् । जिल्लाको पस्चिमी क्षेत्र अर्थात प्रदेश ख क्षेत्रमा काँग्रेस संगठन सुदृढिकरण र निर्माणको कामलाइ तिव्रता दिन क्षेत्रिय आम सभा गर्न लागिएको काँग्रेसले जनाएको छ । आम सभामा काँग्रेसका प्रभावशाली युवा नेता थापाले पार्टीको जागरण अभियान, वर्तमान सरकारका गलत कार्यहरुको भण्डाफोर तथा वर्तमान अवस्थामा काँग्रेसको भुमिकाका वारेमा जाजरकोटी जनतालाइ जानकारी गराउने पार्टी सभापति दिपकजंग शाहले वताए ।

यस्तै ११ गतेको थलह आम सभामा जिल्लाका पाँच हजार वढी नेता कार्यकर्ताहरु र जनताको सहभागिता रहने काँग्रेसले जनाएको छ । थलह आम सभामा उपस्थित हुन जिल्लाका काँग्रेसी कार्यकर्ताहरु नेताहरु , शुभचिन्तकहरु र सर्वसाधारण जनतामा पार्टीका तर्फवाट हार्दिक आमन्त्रण गरिएको नेपाली काँग्रेस जाजरकोटका नेता वेदराज सिंहले वताए । उनले पार्टीको जागरण अभियानलाइ आफुहरुले विशेष अवसर र पर्वको रुपमा लिएको र यसमा काँग्रेसका समर्थकको भव्य उपस्थिति रहने वताए ।

अब काँग्रेस कसरी अघि वढ्छ, काँग्रेसले जनताका विचमा गएर के गर्छ लगाएतका विषयमा थलहको आमसभामा जनतालाइ प्रष्ट रुपमा नेता गगन थापाले जानकारी गराउने नेता सिंहले वताए । सडक देखि सदन सम्म सरकारका गलत हर्कतहरुका विरुद्ध काँग्रेस अव कसरी प्रस्तुत हुन्छ अनि जनताका विचमा कसरी जान्छ भन्ने वारेमा आम सभामा नेता थापाले जाजरकोटी जनतालाइ जानकारी दिने सिंहले वताए ।

थलहको आम सभालाइ भव्य रुपमा सफल पार्नका लागि पार्टीले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल प्रेस युनियन, नेपाल दलित संघ , नेपाल राष्ट्रिय मगर संघ लगाएतका भातृ तथा शुभेच्छुक सस्थाहरुलाइ व्यापक रुपमा परिचालन गरेको काँग्रेस जाजरकोटका उपसभापति सर्पराज रावतले वताए । उनले आम सभामा व्यापक जन सहभागिता र काँग्रेसी नेता कार्यकर्ताहरुको उत्साहपुर्ण सक्रियता वढाउन काम भइरहेको वताए ।

आम सभामा प्रदेश ख अन्तगरत पर्ने जिल्लाका शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाको आधा भागलाइ लक्षित गरिएपनि पार्टी केन्द्रिय समितिका प्रभावशाली नेताको सहभागिता हुने भएकोले सातै स्थानीय तहका नेता कार्यकर्ता, शुभेच्छुक समर्थक र जनताको सहभागिता गराउने व्यापक तयारी भइरहेको काँग्रेसले जनाएको छ ।


ताजा समाचार