Loading... आजः बुधबार, असार ९, २०७८

पुरुष क्रिकेट : काेहलपुरमा प्रदेश नं. १ र २ विजयी

बाँके । कोहलपुर क्रिकेट मैदानमा जारी आठौं राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ ले पहिलो जित हासिल गर्न सफल भएको छ ।

शुक्रबार भएको दाेस्राे खेलमा कर्णाली प्रदेशलाई ९ बिकेटले पराजित गर्दै प्रदेश नं. २ ले लगातारको हारलाई जितमा परिणत गरेको हो ।

टस जितेर ब्याटिङ्ग गरेको कर्णाली प्रदेशले निर्धारीत २० ओभरको खेलमा ९ बिकेट गुमाएर ५७ रन मात्र बनाउन बनाएको थियो । जसका लागि दिवान पुन र रबिन्द्र जंग शाहीले समान ११/११ रन बनाएका थिए । कर्णालीलाई सस्तैमा रोक्ने क्रममा प्रदेश नं. २ का बलर कुमार थापाले सर्बाधीक ४ विकेट लिएका थिए भने हरिशंकर शाहले २ र राहुल प्रातप सिंहले १ विकेट लिएका थिए ।

५८ रनको लक्ष्य सहित मैदानमा उत्रिएको प्रदेश नं.२ ले मात्र १ बिकेट गुमाएर जित हासिल गर्यो । जसका लागि हरिशंकरले ३३ र सुधिर चौधरीले १४ रन बनाएका थिए । कर्णालीका रबिन्द्र जंग शाहीले १ बिकेट लिन सफल भएका थिए ।

उक्त खेलको प्लेयर अफ द म्याच ४ बिकेट लिएका प्रदेश नं. २ का कुमार थापा घोषित भए ।

आजै सम्पन्न पहिलो खेलमा प्रदेश नं. १ विजयी भएको छ । उसले प्रदेश नं. ३ लाई २० रन अन्तरले पराजित गर्दै प्रदेश नं. १ ले जित हासिल गरेको हो ।

टस हारेर ब्याटिङको निम्ता पाएको १ नं. प्रदेशले ९ विकेट गुमाउँदै १ सय ६ रन जोड्न सफल भएको थियो । १ नं. प्रदेशका लागि पुष्प थापाले २४, सन्नी पुन र राजन मगरले समान १२/१२ रन जोडेका थिए भने श्रवण यादवले ११ रन बटुलेका थिए । त्यसैगरी बलिङतर्फ ३ नं. प्रदेशका सोनु देवकोटाले २ विकेट लिएका थिए भने सोनु तामाङ, ईशान पाण्डे, गौतम के.सी. र नन्दन यादवले समान १/१ विकेट लिएका थिए ।

१ सय ७ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको ३ नं. प्रदेश ८६ रनमै समेटियो । १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएको ३ नं.प्रदेशका लागि रविन जोशीले सर्वाधिक २४ रन जोडेका थिए भने ईशान पाण्डेले २० र हेमराज पाण्डेले १५ रन जोडे । ३ नं. प्रदेशका अन्य खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । ३ नं। प्रदेशका खेलाडीहरुलाई सस्तैमा समेट्ने क्रममा १ नं। प्रदेशका बलर दिपेश कंडेलले ४ विकेट लिएका थिए ।

त्यसैगरी पुष्प थापा, फ्रिदोष अन्सारी र श्रवण यादवले १/१ विकेट लिएका थिए ।

उक्त खेलको प्लेयर अफ द म्याच ४ विकेट लिएका १ नं. प्रदेशका दिपेष कंडेल घोषित भए ।

प्रतियोगिता अन्तर्गत भोलि शनिबार पहिलो खेल त्रिभुवन आर्मी क्लब र प्रदेश नं. १ बिच हुनेछ भने दोस्रो खेल प्रदेश नं. २ र प्रदेश नं. ३ बिच हुनेछ ।

 


ताजा समाचार