Loading... आजः आइतवार, कार्तिक ९, २०७७

गजल : मेरा खुशीहरू नै बेपत्ता भएका छन ।।

अरे आँखा भित्र नदीहरू नै बेपत्ता भएका छन
जसरि मेरा खुशीहरू नै बेपत्ता भएका छन ।।

ए आकाश बिन्ति केही टुक्रा उज्यालो खसाई दे
यहां धर्तिका जुनकिरीहरू नै बेपत्ता भएका छन ।।

हेर्नुहोस बैश छँदा ओठ चुम्न आउने गर्थे प्यासीहरू
खै किन हिजोआज प्यासीहरू नै बेपत्ता भएका छन ।।

तिमिलाई पाउने भन्दा गुमाउने डर यस कारण छ
मेरा बर्षैदेखि साथिसङ्गिहरू नै बेपत्ता भएका छन ।।

घाटामा पर्यो तिम्रो ब्यापार बलत्कारि बढे पछि
अचेल बेश्यालयका प्रेमिहरू नै बेपत्ता भएका छन ।।

एक्सन आर.सी
सल्यान
हाल : घाेराहि दाङ


ताजा समाचार