Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जाजरकोटको इतिहास लेख्ने राजुराजालाई जयचन्द्र मिडिया प्रालिले गर्यो नगद सहित सम्मान

फोटो क्याप्सन पुर्व साँसद दिपकजंग शाह र प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत राजुराजा सिंहलाइ सम्मान गर्दै । तस्वीर : जनक केसी  

जनक केसी
जाजरकोट । जाजरकोटको इतिहास लेख्ने युवा स्रष्टा राजुराजा सिंहलाइ जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटले ५ हजार नगद सहित सम्मान गरेको छ । नयाँ वर्ष २०७६को अवसरमा सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरि सिंहलाइ ५ हजार नगद, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

जिल्लाको इतिहास, कला, सामाजिक जीवन र अन्य विविध पक्षका वारेमा पुस्तक लेखन लगाएतका विभिन्न कृतिहरु रचना गरेर दुनियाका माझ जाजरकोट चिनाउन महत्वपुर्ण योगदान दिएको भन्दै जयचन्द मिडियाले प्रदान गरेको उक्त सम्मान वारेकोट गाउँपालिका वडा नम्वर ८ सेपुखोला निवासी सिंहलाइ पुर्व साँसद दिपकजंग शाह र प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले संयुक्त रुपमा प्रदान गरे । सिंह साढे दुइ दशक देखि जाजरकोटको इतिहास, कला, साहित्य र अन्य सामाजिक जीवनका वारेमा विभिन्न कृतिहरु रचना गर्न सक्रिय छन् ।

जाजरकोट दर्पण र जाजरकोट परिचय नामक पुस्तक र अन्य कृतिहरु मार्फत जाजरकोटको इतिहास, भुगोल, प्राकृतिक सम्पदा, सामाजिक जीवन र अन्य पहिचानका कुरा लेखेर वर्तमान र भावी पुस्ताका लागि महत्वपुर्ण कार्य गरेकोले सिंहलाइ सम्मान गरिएको जयचन्द्र मिडिया ग्रुप प्रा.लि. जाजरकोटका सन्चालक जनक केसीले वताए ।

जाजरकोट जिल्ला र नेपाली समाजको हितका लागि नयाँ पुस्तालाइ असल कार्य गर्न उत्प्रेरित गर्ने उद्देस्यले स्रष्टा सिंहलाइ सम्मान गरिएको सन्चालक केसीले वताए । उनले यस वर्ष देखि हरेक वर्षको वैशाख १ गते जिल्लामा रामो काम गर्ने व्यक्तिलाइ ५ हजार नगद, दोसल्ला र सम्मान पत्रले सम्मान गरिने वताए । उनले साहित्य, पत्रकारीता, विकास, राजनीति, शिक्षा, गीतसंगीत, कला लगाएतका क्षेत्रमा महत्वपुर्ण योगदान दिने एक जना व्यक्तिलाइ सम्मान गरिने जानकारी दिए ।

सिंहलाइ सम्मान गर्न आयोजित कार्यक्रममा वोल्दै पुर्व साँसद दिपकजंग शाहले युवा सं्रष्टा सिंहलाइ जयचन्द्र मिडिया ग्रुप प्रालिले सम्मान गरेर सवैलाइ राम्रो काम गर्न उत्साहित गरेको वताए । राम्रो काम गर्नेहरुलाइ सम्मान गर्ने र नराम्रो गर्नेहरुलाइ दण्ड दिने चलनको सवै मिलेर विकास गर्न जरुरी रहेको उनले वताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले सिंहलाइ गरिएको सम्मानले असल सामाजिक काम गर्ने र आफनो माटोका लागि केहि गर्नेलाइ हौसला मिलेको वताए ।सिंहको सम्मानले जिल्लाको लागि राम्रो काम गर्ने अन्य व्यक्तिहरुको पनि सम्मान भएको प्रमुख जिल्ला अधिकारी वस्नेतले वताए ।


ताजा समाचार