Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

बारा-पर्साका पीडितका लागि जाजरकाेटका युवाहरुले गरे राहत संकलन

जाजरकोट । बारा र पर्साका हावाहुरी पीडितहरुको राहतका लागि जाजरकोटमा राहत संकनल शुरु भएको छ । गत आइतबार राति चलेको भीषण हावाहुरीवाट ती जिल्लाका करिब ६ सय नागरिक घरबार विहिन बनेपछि जाजरकोटका युवाहरुले राहत सामाग्री संकनल गर्न शुरु गरेका हुन ।

हावाहुरीका कारण विषेश गरि तराईका गरिब एवम् विपन्न परिवार विचल्लीमा परेपछि दैनिक जीवन निर्वाहका लागि आश्यक राहत सामाग्री संकलन गरि पठाउने सोच बनाएको राहत संकलन कार्यको नेतृत्व गरिरहेका युवा विश्व विक्रम शाहले जानकारी दिए । अहिले जिल्ला सदरमुकाम खलंगा बजारका व्यापारीहरुबाट राहत सामाग्री संकलन गरिरहेको उनले बताए । बजार क्षेत्रका सबै व्यापारीहरुबाट जति सक्दो छिटो राहत सामाग्री संकलन गरि पिडित क्षेत्रमा पठाउने शाहको भनाइ छ ।

एक नेपालीको दुःखमा अरु हेरेर बस्न नसकने भन्दै अहिले तराईमा भएको प्राकृतिक विपत्तिमा सबै नेपालीहरुले आफ्नो सक्दो सहयोग गर्र्नु पर्ने युवाहरुको भनाइ छ ।जाजरकोटमा युवाहरू संगै नेकपा निकट कर्मचारी संगठनले पनि राहत रकम संकलन गरिरहेको छ । जिल्लामा कार्यरत सबै कर्मचारीहरूबाट रकम संकलन गरि हावाहुरी पिडितका लागि पठाइने संगठनका अध्यक्ष डम्बर बहादुर बिष्टले जानकारी दिए ।

आइतबार राति चलेको बिनासकारी हावाहुरीका कारण हाल सम्म ३१ जनाले ज्यान गुमाउनुको साथै ६ सय ५० बढि घाइते भएका थिए ।


ताजा समाचार