Loading... आजः बुधबार, असार ९, २०७८

उत्पादन बढाउन माटो परिक्षण


जाजरकोट । कृषकहरुको उत्पादन बढाउन स्याउली बजारमा माटो परिक्षण शिविर संचालन गरिएको छ । माटोको प्रांगारिक अवस्था विग्रीएर उत्पाद घट्न थालेको भन्दै माटो परिक्षण शिविर संचालन गरिएको हो ।

भेरी नगरपालिका कृषि उपशाखाको आयोजनामा वडा नम्बर ७ को स्याउली बजारमा आइतवार र सोमवार कृषकहरुको माटो परिक्षण गरिएको छ । ४ सय भन्दा बढि कृषकहरुले माटो परिक्षण गराएका छन् ।

रासायनीक मालको प्रयोग बढेर प्रांगारिक अवस्था विग्रीएकोले माटो परिक्षण गरिएको कृषि उपशाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिनु भयो । माटो परिक्षण गरि माटोको पि.एच, माटोमा उपलब्ध नाइट्रोजन, फस्फोरस, पोटास लगायतको अवस्था पत्ता लगाई त्यसको समाधान गर्न नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनु भयो ।

माटोलाई जिवित राख्दै बढि उत्पादन लिनका लागि माटोको परिक्षण गराउदै प्रांगारिक मलको प्रयोग गर्न कृषि उपशाखा प्रमुख अधिकरीले कृषकहरुलाई सुझाव दिनु भयो ।

पाँचवटा वडाका कृषकहरुलाई मध्यनजर गर्दै स्याउली बजारमा माटो शिविर राखिएको हो । अन्य वडाको लागि खलंगामै शिविर संचालन गर्ने कृषि उपशाखाले जनाएको छ ।

पछिल्लो समयमा कृषकहरु तत्काल बढि उत्पादन लिने लोभले रासायनीक मल र बिषादीको अत्याधिक प्रयोग गर्दा माटोका प्रमुख खाद्या तत्वहरुमा नकारात्मक असर पार्ने गरेको छ ।


ताजा समाचार