Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

घरदैलोमा पुगेर नागरिकको उपचार गर्दै भेरी नगरपालिका

रामचन्द्र घर्ती
जाजरकोट । भेरी नगरपालिकाले विशेषज्ञ स्वास्थ्य सेवा सहित घरदैलोमै पुगेर नागरिकको उपचार गर्न थालेको छ । स्वास्थ्य संस्था सम्म आउन नसक्ने जेष्ठ नागरिक तथा वालवालिकालाई लक्षित गर्दै घरदैलोमै पुगेर उपचार गर्न थालिएको हो ।

स्वास्थ्य संस्थाको पहुच नपुगेका बिभिन्न वडाहरुमा अहिले प्रथम मेयर निशुल्क घुम्ति स्वास्थ्य शिविर मार्फत नगरपालिकाले विशेषज्ञ सेवा सहितको उपचार दिइरहेको छ । शिविरमा विषेशगरी महिला, बालबालिका तथा वृद्धवृद्धाले सेवा लिएका छन् ।

नागरिकको घरदैलोमै शिविर राखेर आर्थिक रुपमा पछि परेका, अशक्त, वृद्धवृद्धा तथा वालवालिकालाई स्वास्थ्य उपचार गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । विशेषज्ञ सेवासहितको निशुल्क स्वास्थ्य चेकजाच गर्छाै, निशुल्क औषधि दिन्छौ र जटिल रोग पत्ता लागे सुविधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाउछौ नगरप्रमुख घर्तीले भने ।

भेरी नगरपालिकाको यो अभियानले घरघरमै सिहंदरबारको अनुभूति भएको स्थानीयको भनाई छ । आफ्नो स्वास्थ्य प्रति नगरपालिका जिम्मेवार भएको भन्दै नगरप्रमुख घर्तीलाई धन्यवाद दिएका छन् ।

पिपेमा शिविर : वृद्धवृद्धाहरु निकै खुसी

विहिवारबाट वडा नम्बर १ को पिपेमा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । दुई दिन सम्म संचालन हुने शिविरमा भिडियो एक्स–रे, दन्त सेवा, पाठेघरको जाँच लगायतको सेवा सहितको स्वास्थ्य उपचार गरिदै छ ।

घरदैलोमै विशेषज्ञ सेवा सहितको स्वास्थ्य उपचार पाएपछि वृद्धवृद्धाहरु निकै खुसी भएका छन् । शिविरमा स्थानियको उल्लेख्य सहभागिता रहेको छ । पहिलो दिन मात्रै दुई सय बढिको उपचार गरिएको अहेव रत्न बहादुर घर्तीले जानकारी दिए ।

नगरप्रमुख घर्ती र प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज बेल्बासेले नगारिकहरुलाई बढिभन्दा बढि लाभ लिन आग्रह गरेका छन् । नगरसभावाट बजेट विनियोजन गरेर दुर्गम गाउँगाउँमा शिविर संचालन गरिदै छ ।

यस अघि यहि चैत्र ८ र ९ गेत वडा नम्बर ११ को जगतिपुरमा गरिएको शिविरमा ६ सय नागरिकले स्वास्थ्य उपचार गराएका थिए । शिविरमा डा.भुपेन्द्र मल्ल, डा.अमिन शाह, नर्सहरु लगायतका १३ जना स्वास्थ्यकर्मिहरुले सेवा दिईरहेका छन् ।


ताजा समाचार