Loading... आजः बुधबार, असार ९, २०७८

प्राविधिक जनशक्तिनै देशको सम्पत्ति हुन-मेयर घर्ति

जाजरकोट । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तिले आजको युग सुहाउँदो प्राविधिक जनशक्ति नै देशको आवस्यकता भएकाले आफुहरुले सीक्ने प्राविधिक ज्ञानलाई आफ्नो स्वरोजगारको माद्यम बनाउनआग्रहगर्नु भएको छ । आज भेरी नगरपालिका १ कालेगाउँ  स्थित शिव मा.वि. मा प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद (CTEVT) कर्णाली प्रदेश, प्रदेश कार्यालय सुर्खेतको आर्थिक सहयोगमा सन्चालन हुन थालेको छोटो अवधिको तनि महिने तालिमको उद्घाटन कार्यक्रममा प्रमुख घर्तिले उक्त धारणा व्यक्त गर्नु भएको हो ।

उद्घाटन कार्यक्रम का प्रमुख अतिथि समेत रहनु भएका घर्तीले प्राविधिक जनशक्तिवाट आफ्नो सीपको उपयोग हुने र त्यसले आफ्नाे  आत्मनिर्भरता समेत ल्याउने भएकाले प्रशिक्षर्थिहरुलाई तालिमलाई महत्वपुर्ण रुपमालीन समेत सल्लाह दिनुभएको छ ।

त्यसै गरी विद्यालयका प्र.अ. तिलकवहादुर खत्रीले आफुहरुले विद्यालयमा साधारण शिक्षा ले मात्रै नपुग्ने भएकाले युवाहरुलाई स्वरोजगार गराउनको लागी यो छोटो अवधिको तालिमको माग गरी सन्चालन ल्याउन थालेकोे वताउनु भयो । आफुहरुले विद्यालयलाई कृषी प्राविधिक शिक्षालयको रुपमा लैजाने योजना रहेको जानकारी गराउनु भयो । उहाँले विद्यालयको वर्तमान अवस्था र भावी योजना समेत नगरप्रमुख घर्ती समक्ष राख्नु भएको थीयो । साथै उहाँले विद्यालयमा भवन अभाव र शिक्षक दरवन्दिको अभावमा आफुले सोचेजस्तो व्यवस्थापन गर्न नसकेको अनुभुति राख्नु भएको थीयो ।

कार्यक्रममा वोल्दै विद्यालय व्यवस्थापन समितिका सदस्य सहदेव बस्नेतले यो तालिम व्यवहारीक र भोलीका दीनमा स्वरोजगार बनाउने भएकाले प्रशीक्षर्थिहरुलाई ध्यान दीएर सीक्न आग्रह गर्नु भयो । यो तालिम साधारण पढाइ जस्तो नभएकाले यसमा आफु जतिनै सक्रीय भइन्छ त्यतिनै पोख्त रहने भएकाले सक्रीय र निरन्तरताको खाँचो औंल्याउनु भयो ।

उद्योग वाणीज्य सँघ जाजरकोटका अध्यक्ष कर्ण वहादुरखत्री ले प्राविधिक सीप सीकेको व्यक्तीकहीलै पनि वेरोजगार र खालीहात वस्न नपर्ने वताउनु भयो । उहाँले आफुले सीकेको सीपमा दक्षता ल्याउन सकेमा स्वरोजगार वन्ने समेत वताउनु भयो ।

साथै सोही अवसरमा नगर प्रमुख घर्तीले विद्यालयको कम्युटर ल्याव, भेटनरी क्लीनीक, विज्ञान प्रयोगशाला, पुस्तकालयको अवलोकण गर्दै विद्यालयको प्रशंसा गर्नु भएको थीयो । साथै उँहाले विद्यालयको आगन्तुक पुस्तीकामा आफ्नो अवलोकण निरीक्षण को क्रममा आफुलाई लागेका कुरा यसरी उल्यख गर्नु भएको छ । “ ऐतिहासीक सुन्दर भुगोल र वस्तीमा अवस्थीत यो प्राज्ञिक थलो जुन सुकै दृष्टीकोणले उपयुक्त भएको मेरो ठम्याइ छ”, अवलोकणको क्रममा ल्याव, पुस्तकालय, भेट ल्याव, कम्प्युटर ल्याव, पुस्तकालय लगायत सवै हेर्ने अवसर पाइयो । प्रगतिको यो सकारात्मक थालनी र मेहनतको गतिमा कुनै कमी आउन नदीन आर्थिक भौतिक लयागतका सम्पुर्ण सहयोगमा पुर्ण प्रतिवद्धता व्यक्तगर्न चाहन्छु ”।

आज देखी शुरु भएको उक्त छोटो अवधिको तालिम अन्तरगत कम्प्युटर हार्डवयर टेक्निसीयन, मन्टेश्वरीर मोवाइल मर्मत सम्वन्धि ३ महिने तालिममा सहभागीहरुलाई ३९० घण्टाको तालिम प्रदान गरी सीप परीक्षण गरी प्रमाण पत्र समेत प्रदान गरीने छ ।

विद्यालयका सहायक प्रधानाध्यापक उत्तर वटालाको सन्चालनमा भएको उक्त कार्यक्रममा वडा नं १ का का.वा. वडाध्यक्ष वीमला वस्नेत, समाजसेवी तथा विद्यालयका संस्थापन वीर वहादुर वस्नेत, वडा नं १ का वडा सचिव महेन्द्र वस्नेत, प्रशीक्षकहरु हेमन्तखत्री, शरद शर्मा,  दीलमाया वुढाथोकी लगायत प्रशिक्षार्थी लगायत विद्यालयका शीक्षक तथा कर्मचारीहरुको उपस्थीती रहेको थीयो ।

यस विद्यालयमा विगत ७ वर्ष देखी १८ महीने कृषी जेटीए र भेटनरी जेटीए को समेत पठन पाठन भइरहेको छ ।


ताजा समाचार