Loading... आजः बुधबार, असार ९, २०७८

भेरी नगरपालिकाद्धारा मुहान दर्ताको प्रमाण–पत्र दिन सुरु


जाजरकोट । भेरी नगरपालिकाले उपभोक्ताहरुलाई मुहान दर्ताको प्रमाण–पत्र दिन सुरु गरेको छ । मंगलवार नगरप्रमुख चन्द्र प्रकाश घर्तीले खानेपानी उपभोक्ता समतिलाई मुहान दर्ताको प्रमाण–पत्र प्रदान गर्दै यसको सुरुवात गर्नु भएको हो ।

नगरपालिकाको जलस्रोत नियामावली २०७४ को नियम ८ को उपनियम १ बमोजीम उपभोक्तालाई खानेपानीको मुहान दर्ताको प्रमाण–पत्र प्रदान गर्न थालिएको प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम बेल्बासेले बताउनु भयो । नगरपालिकामा मुहान दर्ताका लागि निवेदन परेका सवै उपभोक्ताहरुलाई प्रमाण–पत्र लिएर समयमै काम सम्पन्न गर्न उहाँले आग्रह गर्नु भयो ।

मंगलवारनै तिन जना खानेपानी उपभोक्ता समितिलाई मुहान दर्ताको प्रमाण–पत्र प्रदान गरिएको छ । भेरी गनरपालिका वडा नम्बर १ को माथि बरका रुख देखी कोल्चौर खानेपानी उपभोक्ता समिति, वडा नम्बर २ को दौतेखोला मुहान फारुल्ला खानेपानी उपभोक्ता समिति र वडा नम्बर ६ को कुयाना खमारा डाँडाखेत खानेपानी उपभोक्ता समितिलाई मुहान दर्ताको प्रमाण–पत्र दिइएको छ ।


ताजा समाचार