Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

दुवै हात भाँच्चीएकी मिनालाई भेरी नगरपालिकाले गर्यो सहयोग रकम हस्तान्त्रण


जाजरकोट । घरको सिडिबाट लडेर दुवै हात भाँच्चीएकी मिना पुनलाई भेरी नगरपालिकाले सहयोग रकम हस्तान्त्रण गरेको छ । सोमावार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि उनलाई सहयोग हस्तन्त्रण गरेको हो ।

काठमाडौंको ट्रमा सेन्टरमा उपचारत भेरी नगरपालिका २ डिँगाकी पुनलाई कर्मचारी र नगरपालिकाले आर्थिक सहयोग गरेका हुन् ।

उनलाई आर्थिक सहायता कोषबाट २० हजार र कर्मचारीले आफ्नो तलवबाट एक÷एक दिन बारबार हुन आउने रकम ६८ हजार १ सय रुपाँैया उनलाई हस्तान्त्रण गरिएको छ ।

नगरप्रमुख चन्द्रप्रकाश घर्ती र प्रमुख प्रशासकिय अधिकृत डिल्लिराम बेल्बासेले पुनलाई रकम हस्तान्त्रण गरेका थिए । नगरपालिका अन्तरगतका सवै शाखा–उपशाखमा कार्यरत ९२ जना कर्मचारीहरुले उनलाई सहयोग गरेको लेखापाल बिष्टले जानकारी दिए ।

नगर कार्यपालिकाकी सदस्य समेत रहेकी पुन अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराईरहेकी छिन् ।

भिडियो हेर्नुहोस : 


ताजा समाचार