Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

आठौं राष्ट्रिय खेलकुद : पुरुषतर्फको क्रिकेट खेल कोहलपुर मैदानमा

काेहलपुर ।  आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष विधा तर्फको क्रिकेट खेल कोहलपुर क्रिकेट मैदानमा हुने निश्चित भएको छ ।

प्रतियोगिताकालागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार भएसँगै प्रतियोगिता कोहलपुरमै संचालन गर्ने निर्णय गरिएको हो । कोहलपुर क्रिकेट मैदानमा दुबो सहितको पिच, खेलाडीहरुकालागी आराम कक्ष, शौचालय लगाएतका अन्य संरचनाहरु निर्माण गरिएको प्रतियोगिता तयारी समिति कोहलपुरले जनाएको छ । त्यसका अलावा खेलाडीहरुकालागि प्राक्टिस विकेट समेत निर्माण गरिएको मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष तथा तयारी समितिका सदस्य दिपेन्द्र थापाले जानकारी दिए ।

यसैबिच सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले कोहलपुर क्रिकेट मैदानको अनुगमन गरेका छन । प्रतियोगिताको मिति नजिकिदै जाँदा मन्त्री विश्वकर्माले मैदानको अनुगमन गरेका हुन । अनुगमनका क्रममा मन्त्री विश्वकर्माले कोहलपुर मैदानकालागि आगामी वर्ष थप बजेटको ब्यवस्था मिलाईने प्रतिवद्धता जनाएका छन । क्रिकेट मैदान निर्माणकालागी ७८ करोड लागत अनुमान रहेको बताउँदै मन्त्री विश्वकर्माले आव ०७६/०७७ मा विशेष प्राथमिकतामा राखेर मैदान निर्माण कार्यलाई अगाडी बढाईने बताए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ गतेदेखि सुरु हुने भएकाले आ-आफ्नो क्षेत्रबाट तयारीमा जुट्न आग्रह गरेका छन । राष्ट्रपति विद्यादेबी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको विष्टले जानकारी दिए । यसअघि दुई पटक मिति तय गरिए पनि आवश्यक तयारी नपुगेको भन्दै प्रतियोगिता स्थगित भएको थियो । यद्यपी प्रतियोगिताकालागि आवश्यक पूर्वाधार निर्माण कार्य अधुरै रहेकाले तेस्रो पटक तोकिएको समयमा पनि प्रतियोगिता हुनेमा खेलाडीहरु ढुक्क हुन सकेका छैनन् ।


ताजा समाचार