Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जाजरकोटमा ४ हजार ३ सय एसइई परीक्षार्थी

जाजरकाेट । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु भएको छ ।   जाजरकोट जिल्लामा पहिलो दिन आज ४ हजार ३ सय विद्यार्थीहरुले भाग लिएका छन् । जिल्लाका १९ वटा परिक्षा केन्द्रमा ४ हजार ३ सय विद्यार्थीहरुले परिक्षामा भाग लिएका हुन् ।

परिक्षाको पहिलो दिन जिल्लाका १९ वटै परिक्षा केन्द्रमा मर्यादित तरिकाले परिक्षा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय, जाजरकोटका प्रमुख सुधिनराज वुढाथोकीले जानकारी दिए । यस बर्षको परिक्षालाई जाजरकोटमा शिष्ट र मर्यादित बनाउन परिक्षा समितिको टीम लागि परेको प्रमुख बुढाथोकीले बताए ।

प्रमुख बुढाथोकीले दिएको जानकारी अनुसार यसबर्ष जाजरकोट जिल्लामा माध्यामिक शिक्षा परिक्षा दिने विद्यार्थीहरुमा नियमित तर्फका विद्यार्थीहरु ४ हजार रहेका छन् भने, ग्रेडबृद्धी तर्फका विद्यार्थीहरु ३ सय ९ जना रहेका छन् । त्यसैगरि प्राविधिक धार तर्फका विद्यार्थीहरु ५२ जना रहेका छन् भने, खुल्ला तर्फका विद्यार्थीहरु १८ जना गरि जाजरकोट जिल्लामा जम्मा परिक्षा दिने विद्यार्थीहरुको संख्या ४ हजार ३ सय ७९ जना रहेका छन् ।

१९ वटा परिक्षा केन्द्रमा नियमित तर्फ १८ वटा परिक्षा केन्द्र रहेका छन् भने, १ वटा परिक्षा केन्द्र ग्रेडबृद्धी तर्फ रहेको छ । नियमित तर्फका परिक्षा केन्द्रमा त्रिभुवन मावि खलंगा, शिवशंकर मावि जगतिपुर, जनप्रिय मावि दशेरा, विरेन्द्र मावि जुगाथापाचौर, सरस्वती मावि सिमा, बाल मावि झाप्रा, नारायणी मावि कार्कीगाउ, त्रिभुवन मावि दल्ली, विरेन्द्रऐश्वर्य मावि लिम्सा, शिवपुरी मावि गर्खाकोट, आदर्श मावि लुवादह, पञ्चाला मावि दह, बागेवश्वरी मावि पजारु, मान्नेढुंगा मावि टालेगाउ, लक्ष्मीप्राप्ति मावि खुर्पा, जनता मावि पैंक, दिपेन्द्र मावि सक्ला, विरेन्द्र हिमालय मावि तल्लु रहेका छन् भने, शिव मावि कालेगाउमा ग्रेडवृद्धि परिक्षा भईरहेको छ ।


ताजा समाचार