Loading... आजः बुधबार, असार ९, २०७८

युवानेता मल्लका दुवै मृगौला फेल, भेरी नगरपालिकाले पनि सहयोग गर्ने


जाजरकोट । जाजरकोटका कुशल युवानेता कालि बहादुर मल्ल (केवी) गम्भिर विरामी परेका छन् । अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय सदस्य समेत रहेका नेता केबी मल्ल दुवै मृगौला फेल भएपछि गम्भीर विरामी भएका हुन् ।

बैचारिक नेता मल्लका दुबै मृगौला फेल भएपछि अहिले राजधानीको ललितपुर धापाखेल स्थीत सुमेरु अस्पतालको आइसियुमा राखिएको छ ।

कुशे गाउँपालिकाको ढिमे निवासी ३१ वर्षका मल्ललाई यतीवेला सहयोगको खाँचो छ । उनका आफन्तले उपचारको लागि सहयोग गर्न सवैमा अपिल गरेका छन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेका मल्ल एक वर्षदेखि मृगौला रोगबाट पीडित छन् ।

चिकित्सकका अनुसार उनको दुबै मृगौला ८० प्रतिशत काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । केही महिना पहिले वीर अस्पतालमा जाँच गर्दा मृगौला रोगका लागि परिक्षण गरिने क्रिटीनाइन इन्डिकेटर ५ रहेकोमा गत मंगलबार फेरि चेक गराउँदा बढेर १५ पुगेको पाइएको छ । यो निकै जटिल अवस्था भएको उनको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् ।

कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा अहिले गम्भीर अवस्था आएको युवा नेता मल्लले बताए । चिकित्सकले उनका दुवै मृगौला मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएका छन् । प्रत्यारोपन गर्न निकै ठूलो रकम लाग्ने बताइन्छ ।

यता मल्लको उपचारको लागि भेरी नगरपालिकाले पनि सहयोग गर्ने नगरप्रमुख चन्द्र प्रकाश घर्तीले बताएका छन् ।

उनको उपचारमा लागेका मल्लका भाइ टेकराज मल्लले आफ्ना दाजुको मृगौला प्रत्यारोपणका लागि सहयोग गरिदिन देशविदेशमा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।

उनको उपचार खर्च जुटाउन जाजरकोटका टेकबहादुर मल्ल, उदय थापा, निर्मला थापा लगाएतका युवाहरु सहयोग जुटाउन थालेका छन् । जिल्लाका सवै स्थानिय सरकारलाई उपचारको लागि सहयोग गरिदन उदय थाले अपिल गरेको बताएका छन् ।

उनको उपचारको लागि जिल्लाबासीले सहयोग गर्ने क्रम जारी रहेको छ । जिल्लाका बिभिन्न व्यक्तित्वहरुले आफुले सकेजतीको सहयोग गरिरहेको थापाले जाकारी दिए ।

नेपा मल्ललाई सहयोगको लागि ९८६४९६७९९५ मा सम्पर्क गर्न युवा संगठनका अध्यक्ष खडक सिंङले जानकारी दिए । त्यस्तै कालीबहादुर मल्लको नामबाट सिटिजन बैंकमा खोलिएको खाता नम्बर ०३६००००२४६ mc सहयोग गर्ने सक्ने उनले बताए ।

कालीबहादुर मल्लको सिटिजन बैंकमा खोलिएको खाता नम्बर ०३६००००२४६ mc

यो भिडियो हेर्नुहोस : 

यो पनि


ताजा समाचार