Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

विवादास्पद मोडल परी तामाङ र उनको अन्तरवार्ता लिने पक्राउ


काठमाडौं । सामाजिक संजालमा भाइरल भएकी विवादास्पद मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली समाजमा अपाच्चे हुने बिभिन्न खालका गतिविधि गर्दै आइरहेकी मोडल तामाङ लाई प्रहरी पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल र्पुयाउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् ।

महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको हो ।

पक्राउ परेकी तामाङ र युटुव संचालकलाई साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

भिडियो हेर्नुहोस : 


ताजा समाचार