Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

हेलिकोप्टर जलिसकेको थियो, मसँग तस्बिर खिच्नुको विकल्प थिएन

काठमाडौं । बुधबार दिउँसो साढे एक बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको खबर पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले फोनबाट सिम्रिक एयरका कर्मचारीलाई गराएका रहेछन् । कर्मचारीले मलाई सुनाए ।

तत्कालै एयर डाइनेस्टीका कर्मचारीले ‘भिटु ट्याक’ मा जहाज हल्लिएको नदेखेपछि ताप्लेजुङ विमानस्थलको टावरमा खबर गरेका रहेछन् । टावरले सम्पर्कमा नभएको जानकारी दिइसकेको थियो । तत्कालै हेलिकप्टर लिएर घटनास्थल पुग्दा दुर्घटनाग्रस्त हेलिकप्टर जलेर नष्ट भइसकेको थियो ।

हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको थियो । धेरैको शव पनि आधाजसो जलिसकेको थियो । आगो निभिसकेको तर धुँवा भने उडिरहेको थियो । मसँग तस्बिर खिच्नुको विकल्प थिएन । समाचार अन्नपूर्ण पोस्ट्ले प्रकाशित गरेको छ ।

(सिम्रिक एयरका पाइलट खड्कासँगको कुराकानीमा आधारित)


ताजा समाचार