Loading... आजः बुधबार, असार ९, २०७८

प्रथम वृहत चौरजहारी महोत्सवको सम्पुर्ण तयारी पुरा


माया घर्ती, जाजरकोट । पश्चिम रुकुमको चौरजहारीमा हुन गैरहेको प्रथम वृहत चौरजहारी महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक चौरजहारी उद्योग वाणिज्य संघले आइतवार पत्रकार सम्मेलन गरी महोेत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

मुल आयोजक समितिका संयोजक प्रेम सुनारले महोत्सवको मुख्य स्टेज, स्टल तथा फिल्डको घेरावार निर्माण सम्पन्न भईसकेको जानकारी दिएका छन् । महोत्सवमा आउने अतिथि, कलाकार, देखाइने झाँकी लगायतका सवै कामको टुंगो लगाइसकेको उनले जानकारी दिए ।

यो महोत्सवमा लोपउन्मुख कुमाले जातीले निर्माण गर्ने माटोको भाँडाहरु विषेश रुपमा प्रदर्शन गरिने छ । त्यस्तै जनजातीको लोपोन्मुख नृत्य,  सी‌ँगारु, पैँसेरु, मारुणी नाच, देउडा लगायतका स्थानिय कलासँस्कृति प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
यही फागुन ७ गते देखि १७ गते सम्मा संचालन हुने महोत्सव अवधिभर ६० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा ३५ लाख बराबरको कारोवार हुने र १५ लाख आम्दानी हुने आयोजकले अपेक्षा लिएको संयोजक सुनारले बताए ।

चौरजहारी महोत्सवमा एक सय २० स्टल राखिएकोमा एक सय व्यापारीक प्रयोजनको लागि र वाँकी स्वास्थ्य, रेडक्रस लगायतका अन्य प्रयोजनको लागि निशुल्क प्रयोग गरिने आयोजकले जनाएको छ । महानायक राजेश हमाल, नायक विराज भट्ट, गायिका मेलीना राई, कुलेन्द्र वि.क, हेमन्त शर्मा लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोट प्रस्तुति रहेन उद्योग वाणिज्य संघका उपाध्यक्ष यदु कुमार आचार्यले जानकारी दिए ।

महोत्सवलाई भव्य, सव्य र सफल बनाउन संचारकर्मी, शिक्षक, व्यापारी लगायत सम्पुर्ण चौरजहारीवासीको महत्वपुर्ण भुमिका रहने अपेक्षा गर्दै सवैलाई अवलोकनको लागि आयोजकले निमान्त्रणा गरेको छ ।


ताजा समाचार