Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जाजरकोटमा गाउँगाउँ पुग्यो नेपाल कम्युनिष्ट पार्टी


जाजरकोट । पार्टी एकता भएको महिनौ पछि नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका गाउँगाउँमा पुगेको छ । गाउँवस्तिका कार्यकर्ता र जनताहरुसंग भावनात्मक रुपमै पार्टी एकताको संदेश दिदै नेकपा जाजरकोट जिल्लाका सवै स्थानिय तहमा पुगेको हो । सरकारले गरेका राम्रा कामहरुको गाउँवस्तिका कार्यकर्ता र जनताहरुसंग प्रचारप्रशार गर्दै बुधवार जिल्लाका ६ वटा स्थानिय तहमा कार्यक्रम गरेको छ ।

केन्द्रमा पुर्व एमाले र माओवादी विच औपचारिक एकता भएको महिनौ वित्दा पनि जिल्लाको तल्लो तहमा कुनै कार्यक्रम भएको थिएन । त्यसैले नेकपा जाजरकोटको नेतृत्वले बुधवार ६ वटा स्थानीय तहमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

पार्टीको औपचारीक एकतासंगै तल्लो तहका कार्यकर्ताहरुमा भावनात्मक एकताको सन्देश दिन अगुवा कार्यकर्ता भेला गरिएको नेकपा कार्णाली प्रदेश कमिटिका सदस्य तथा भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले बताए । एकिकृत पार्टीको संगठन निर्माण अभियानलाई गति दिन र कार्यकर्तालाई जुझारु बनाउन कार्यक्रम गरिएको उनले बताए ।

यता भेरी नगरपालिकाको खलंगामा पनि नेकपाले नगरस्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । कार्यक्रममा नगरक्षेत्रका अगुवा कार्यकर्ताहरुको ठुलो उपस्थिति भएको थियो । कार्यक्रममा बोल्ने पार्टीका सवै नेताहरुले वस्तिवस्तिमा भावनात्मक एकता भई सकेको बताएका छन् ।

उनिहरुले देशको मुहार फेर्न जुटोको नेकपाको एकतामा संका नगर्न विपक्षिलाई चुनौति समेत दिएका छन् । काँग्रेसले आफ्ना कार्यकर्ता भट्काउन लागेको भन्दै काँग्रेसका जस्ता लोभि कार्यकर्ता नेकपामा नभएको बताएका छन् ।

भेरी नगरपालिकामा भएको अगुवा कार्यकर्ता भोलालाई नेकमा कर्णाली प्रदेश कमिटिका सचिव माया प्रशाद शर्माले सम्बोधन गरेका थिए । त्यस्तै प्रदेश कमिटिका सदस्य गगन बहादुर खड्का, चन्द्र प्रकाश घर्ती, सांसद तथा प्रदेश कमिटि सदस्य कृष्णा शाह, प्रदेश कमिति सदस्य इमास्वार देवकोटा, पार्वर्ती वि.क, अमारसिंह राठौर लगायतको उपस्थिति थियो ।

बुधवार जिल्लाको शिवालय गाउँपालिका वाहेकका ६ वटा स्थनीय तहमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरिएको छ । शिवालय गाउँपालिकामा भोली काय{क्रम हुने नेकपाले जनाएको छ ।

जिल्लाका सात स्थानीय तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण भव्य रुपमा सम्पन्न गर्न नेकपाले सात जना केन्दिय नेताहरुलाइ प्रमुख जिम्मेवारी तोकेको थियो ।

नेकपा जाजरकोटका जिल्ला कार्यदलको बैठकले अगुवा कार्यकर्ता भेला गर्न भेरी नगरपालिकामा कर्णाली प्रदेश समितिका सचिव मायाप्रसाद शर्मा, छेडागाड नगरपालिकामा नेकपाका केन्द्रिय सदस्य भैरवसुन्दर श्रेष्ठ, नलगाड नगरपालिकामा केन्द्रिय सदस्य गोविन्द विक्रम शाह, कुसेगाउँपालिकामा केन्द्रिय सदस्य निरज आचार्य, वारेकोट गाउँपालिकामा केन्द्रिय सदस्य रामदीप आचार्य तथा शिवालय गाउँपालिका र जुनीचाँदे गाउँपालिकामा केन्द्रिय सदस्य कालीवहादुर मल्ललाइ जिम्मेवार व्यक्ति तोकिएको थियो ।

भेलामा गाउँवस्तिवाट नेकपाका अगुवा कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।


ताजा समाचार