Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

भेरी नगरपालिकाले गर्यो अपाङ्ग परिचयपत्र वितरण सुरु

जाजरकोट । भेरी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण कार्य सुरु गरेको छ । सोमवार नगरपपालिकाको कार्यालयमा नगरप्रमुख चन्द्र प्रकाश घर्तीले अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण कार्य सुरु गरेका हुन् । उपप्रमुख भावना भण्डारीको अध्यक्षतामा बसेको अपांगता भएका व्यक्तिको परिचय पत्र वितरण समन्वय समितिको बठैकको निर्णय पछि उनिहरुलाई परिचय पत्र वितरण गरिएको हो ।

नगरपालिकाको अपांगता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ अनुसार अपांगहरुलाई परिचय पत्र वितरण सुरु गरिएको हो ।

नगरप्रमुख घर्तीले भेरी नगरपालिका ८ की हिर्दकला शाहीलाई अति अशक्त अपांगता (ख) बर्गको परिचय पत्र प्रदान गरेका छन् । त्यस्तै वडा नम्बर १ रिठापानीका तोयानाथ विक लाई पनि अति अशक्त (ख) बर्गको परिचय पत्र प्रदान गरिएको छ । वडा नम्बर ११ मेटेलाकी रुपमा घर्तीलाई सामान्य अपांगता अन्तरगत (घ) बर्गको परिचय पत्र प्रदान गरिएको छ । वडा नम्बर १ कै यज्ञे नेपालीलाइ पनि (घ) बर्गकै परिचय पत्र दिइएको छ ।

त्यस्तै वडा नम्बर ७ का एउटै घरका ३ जना बालबालीकालाई पनि अपांग परिचय पत्र वितरण गरिएको छ । विरवल कामीका एक छोरा र दुई छोरीलाई परिचय पत्र प्रदान गरिएको छ । अति होचा र कम तौल भएका गोपाल वि.क, सरिता वि.क र हिरा वि.क लाई परिचय पत्र दिइएको हो ।

उनिहरु सवैलाई चिकित्सकको सिफारिस बमोजिम दिइएको निवेदनको आधारमा अपांग परिचय पत्र वितरण गरिएको नगर महिला शाखाकी प्रमुख शारदा शर्माले जानकारी दिइन् ।

 


ताजा समाचार