Loading... आजः बुधबार, असार ९, २०७८

बालमैत्रि स्थानिय शासन सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न

जाजरकाेट । भेरी नगरपालिका वडा नं ३ र ४ मा रहेका त्रिभुवन मा.वि खलंगा र बुद्धी आधारभुत विद्यालय बाेहरामा बाल मैत्री स्थानिय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

अष्टेलियन एड, कारितास अष्टेलियाको आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल (यार्सन ) जाजरकोटको  साझेदारीमा सन्चालित नेपाल जिविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम अन्तरगत वालवालिका तथा युवा सशक्तिकरण परियोजना अन्तरगत  सो अभिमुखीकरण सम्पन्न गरीएको हो ।

युवाजागरण विकास केन्द्र नेपालको आयोजना र भेरी नगरपालिका वडा नं ३ र ४ को समन्वयमा सन्चालित वालमैत्री स्थानियशासन सम्वन्धि गोष्ठीमा वडाका जनप्रतिनिधि , विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक र वालक्लवका वालवालिकाहरुको सहभागीता रहेको थियोे ।

वुद्धि आधारभुत विद्यालय बाेहरामा वडा नं ४ का वडाध्यक्ष खम्वजंगशाहको बिशेष उपस्थीतीमा यही माघ १७ गते कार्यक्रम सम्पन्न गरीएको  थियो । अधिमुखीकरण कार्यक्रममा नागरीक समाजका संयोजक राजेन्द्र बिक्रम शाह, यार्सन जाजरकोटका कार्यक्रम संयोजक सहदेव बस्नेतले सहजीकरण गर्नु भएको थियो ।

त्यसैगरी त्रिभुवन मा.वि खलंगामा वडा न. ३ का कार्यबाहक वडाध्यक्ष सीर्जनाविकको विशेष उपस्थीतीमा कार्यक्रम सम्पन्न गरीएको हो ।  गोष्ठीमा भेरी नगरपालिका वडा नं ३ का वडा सचिव उपेन्द्र जङ्गशाह, श्रोत शिक्षक एवं वालअधिकार का लागि जिल्ला स्तरिय नागरिक  संजाल जाजरकोटका अध्यक्ष रेखाशाह ,विव्यस सदस्य अमृतावली लगायतको सहभागीता रहेको थियो ।

सहभागीहरुलाई बालमैत्रि स्थानियशासनको अवधारणा, वालमैत्रि स्थानियशासनका सुचकहरु, स्थानियतहले यसको लागी खेल्ने भुमीका आदीको बारेमा सहजिकरण गरीएको थीयो । बालबालिकाहरुले सरोकारवालाहरु सँग आफुहरुका लागी वडापालिकाले बजेट विनीयोजन गर्नु पर्ने धारणा राखेका थिए । जनप्रतिनिधिहरुले आफुहरुले बालबालिकाहरुका लागीआफुहरुले उचित बजेट बिनियोजन गर्ने प्रतिबद्धता गर्नु  भएको थीयो ।


ताजा समाचार