Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

घरघरमा छाउ गोठ : देउताको डरले छाउगोठ छोडन् गाह्रो


जाजरकोट १६, माघ  । 
जुनीचाँदे गाउँपालिका वडा नम्वर ४ लुहादमा हरेक घरको नजिक सानो एक तले घर देखिन्छ । मान्छे बस्ने घरभन्दा अलि टाढा रहेका साना घर देख्दा झट्ट अनुमान लगाउन सकिन्छ यी सौचालय हुन । तर यहाँको वास्तबिकता भने फरक छ । यो गाउँभरी घर संगै छाउघर निर्माण गरिएका छन । महिलाहरु महिनावारी हुदा बस्नका लागि अलग्गै छाउघर बनाइएका हुन ।

यस्ता छाउघरमा महिनावारीका बेला युबति र महिलाहरुले ५ दिनदेखि ७ दिनसम्म एक्लै बस्ने गर्दछन । महिनावारी भएका बेला मुल घरमा बस्दा देउता लाग्ने डरले युबति र महिलाहरुले छाउघरमा बस्ने लुहादको पुरानो परम्परा हो । परम्पराको निरन्तरतासंगै अहिले नयाँ घर निर्माण गर्नेले छाउघर बनाउने गरेको स्थानीय पत्रकार रेशमबहादुर खड्काले बताए । छाउघर नबनाउनेलाइ गाउँसामाजले घृणा गरिहाल्छ सामाजिक बाध्यता कारण पनि गाउँमा अनिबार्य छाउघर बनाइएका पत्रकार खड्काको बुझाइ छ । गाउँका २ सय ८५ घरसंगै त्यति नै संख्यामा छाउघर रहेका छन ।

अन्धबिश्वासी परम्पराको निरन्तरताले अहिले पनि यहँका महिलाहरु आमानवीय कष्ट झेल्न बाध्य छन । महिनावारीका बेला अलग्गै नबसे देउताले सबै नास गरिदिन्छन भन्ने पुरानो बिश्वासको शिकार आजसम्म पनि महिला हुदै आएको स्थानीय युवति गीता खड्काले बताइन । महिनावारीका बेला बस्नका लागि एक तले साना घर नै निर्माण गरिएकाले कसैले परम्परा तोडन नसकेको खड्काको अनुभव छ । घरपरको एक्लो गोठमा वस्न डर लाग्छ तर नवसी करै लाग्छ नबसे देउता लाग्छन् गीताले भनिन् ।

गीता त उदाहरण मात्र हुन लुहादका पढेलेखेका युवतिले समेत छाउ बस्ने परम्परा छोड्न सकेका छैनन् । हामीले यस्तो गर्न हुन्न भन्दा सबैले धारे हात लागाउछन पढेर झन उत्ताउली भएछौ भन्ने आरोप लाग्छ त्रिभुवन माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत हेमन्ताले भनिन् । गोठमा वस्नु रहर होइन बाध्यता हो गाउँका सबैले एक साथ यो परम्परा नतोडे एकल प्रयास संभब छैन उनले बाध्यता सुनाइन । परिपक्वो महिलाहरुले महिनावारीका बेला आफै छाउगोठमा बसिदिने गर्नाले युवतिहरुलाई परम्परा तोड्न कठिन परेको छ । आमा महिनावारी हुदै आफै पर बसेर हामलाई नैतिक बाध्यता हुन्छ हेमान्ताले भनिन ।

लुहाद त एक छाउ प्रथाका लागि एक नमुना गाउँ मात्रै हो । जुनिचाँदे गाउँपालिका अधिकांस गाउँमा महिलाहरुले छाउ बस्ने परम्परा जिवित छ । महिनावारीलाई महिलामा हुने एक सामन्य शारिरीक प्रक्रिया भन्ने बुझ्नु भन्दा असुत भइयो भन्ने अन्धबिश्वासले समस्या जटिल भएको गाउँपालिकाकी उपाध्यक्ष शिबा आचार्य बताउछिन । यो नीतिगत भन्दा सामाजिक र मनोबैज्ञानिक समस्या हो सामाजिक जागरण बिना यसको निराकरण संभब छैन उनले भनिन । आजको २१ सताव्दीमा पनि प्राकृतिक नियम र प्रक्रियालाइ धर्म र देउतासंग जोडिर महिला स्वयम अमानवीय पिडा खेप्न तयार हुनु गलत भएको उपाध्यक्ष आचार्यको भनाई छ ।

महिनावारी र सुत्केरी हुदा छाउगोठ बस्ने परम्पराका कारण यहँका महिलाहरुको स्वास्थ्य खराब हुने गरेको स्वाथ्यकर्मीको बुझाइ छ । महिनावारी हुदा ५ दिन र सुत्केरी हुदा १५ दिनसम्म सुबिधाहिन अप्ठेरो ठाउँमा बसेका कारण महिलामा बिभिन्न खालका स्वास्थ्य समस्या आउने गरेका छन । अमानवीय कुसस्कारलाइ निअन्त्य गर्नका लागि गाउपालिकाको परिषदवाटै विशेष निर्णय गरिएको वताइन् । उनले गत वर्षको गाउपालिकाको परिषदमा गाउँमा भएका सवै छाउगोठहरु भत्काउने र छाउगोठको सटटा मन्दिर वनाउने निर्णय गरिएको उपाध्यक्ष आचार्यले बताइन ।

भिडियो हेर्नुहोस : 

यो पनि हेर्नुहोस :

यो गेम हेर्नुहोस् : 


ताजा समाचार