Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

८३ वर्षमा वल्ल नागरिकता लिए चन्द्रबहादुरले

फोटो— ८३ वर्षमा नागरिक्ता पाएपछि दंग परेका चन्द्रवहादुर ।

जाजरकोट १५माघ । कुशे गाउपालिका ८, लाँताका ८३ बर्षिय चन्द्रबहादुर बस्नेतले जीवनको उत्तरार्ध ८३ नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन । गाउँपालिकाले गाउँमै शिबर संलाचन गरेकापछि चन्द्रबहादुरलाइ नागरिकता लिने अबसर मिलेको हो ।

बस्नेतका तीन पुस्ताले नागरिकता लिए पनि उनलाइ भने नागरिकताको खाँचो नै परेन । नागरिकता बितरण टोली गाउँमा पुगे पनि उनले वास्ता नै गरेन तर यस पटक भने उनलाई मर्ने बेला नागरिकता लिएर मर्छु भन्ने लालसा पलाएको हो । जवानीमा नागरिकताको कामै परेन बुढसकालमा सदरमुकाम जान सकिन अहिले मर्ने उमेर नागरिकता पाउदा खुशि छु बस्नेतले भने । गाउपालिका र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा दिपेन्द्र माध्यमिक विद्यालय घरङ्गामा संचालित एकीकृत घुम्ती शिविरमा चन्द्रबहादुरले नागरिकता प्राप्त गरेका छन ।

उनी जस्तै सोहि गाउँका ७९ वर्षिय लालवहादुर वस्नेत र ६१ वर्षिय मैसरा नेपालीले पनि पहिलो पटक नेपाली नागरिक्ताको प्रमाणपत्र लिएका छन् । नागरिकता नहुदा सामाजिक सुरक्षा भत्ताा लगायत सरकारी सेवाबाट पनि बन्चित हुदै आएकाहरु नागरिकता पाएपछि खुशी भएका छन । वृद्ध अवस्थामा पुगिसकेका चन्द्रवहादुर जस्तै धेरैलाइ घरआँगनमा नागरिकता दिलाउन पाउदा सन्तोषको अनुभूति भएको गाउँपालिकाका उपाध्यक्ष रामछाया शाहीले बताइन । जनताको सेवा गर्ने कसम खाएर राजनीत गरेका हामी जनप्रतिनिधिले घर दैलोमा सेवा प्रबाह गर्न पाउदा गर्भ लागेको छ उपाध्यक्ष शाहीले भनिन ।

दुइ दिने एकीकृत घुम्ती शिविरमा २ दर्जन बृद्धबृद्धा सहित २ सय १२ जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतीवडाले जानकारी दिए । एकिकृत घुम्ती शिविरका अवसरमा शिविरमा ३ सय २ जनाले फोटोसहितको मतदाता नामावली फारम भर्ने मौका पाएको वताए । घुम्ती शिविरमा नागरिकता लिने महिलाको संख्या बढी रहेको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

उनका अनुसार शिविरमा ७२ पुरुष र १ सय ४० महिलाले नागरिकता लिएका छन । ग्रामीण क्षेत्रका अधिकांश पुरुषहरु कमाईका लागि भारत र अन्य मुलुकमा रहेकाले नागरिकता नपाएका महिलाहरुले नागरिकता बनाउन नपाएको स्थानीयहरुको भनाइ छ । कुशे गाउपालिकामा नागरिकता नपाएका अझै १ हजार ५ सय जनता रहेको उपाध्यक्ष शाहीको भनाइ छ । अर्कोपटक एक साताको शिविर आयोजनाका लागि प्रमुख जिल्ला अधिकारी सँग परामर्श गरिने उनको भनाइ छ ।
भिडियो हेर्नुहोस : 

यो पनि हेर्नुहोस :

यो पनि :

र यो पनि 


ताजा समाचार