Loading... आजः बुधबार, असार ९, २०७८

गोविन्द केसी कार्यरत अस्पतालको बिजोग, डाक्टर रिसाहा, कर्मचारी छुच्चा

गत बुधबार बिहान १०ः३० बजे। काठमाडौं महारागंजस्थित त्रिवि शिक्षण अस्पतालको बर्थिङ वार्डबाहिर। काठमाडौं बसुन्धाराकी तारा तामाङ नवजात शिशुलाई तेल लगाउने ठाउँ खोजिरहेकी थिइन्। उनले अस्पताल परिसरमा छरिएका जस्तापाता र फलामका डन्डी पन्छाएर म्याट ओच्छ्याइन्। शिशुलाई घाममा सुताएर तेल घस्न थालिन्। त्यही बेला फलाम काट्ने मेसिनको चर्को आवाज आयो। शिशु रुन थाल्यो। दिक्क मान्दै उनले भनिन्, ‘आमा चाहिँलाई पनि तेल लगाउनु पर्ने रु यहाँ यस्तो बिचल्ली छ। खै कसरी लगाउने होला १’

वर्थिङ वार्डको माथिल्लो तला थपिँदैछ। सुत्केरी र शिशुलाई दोस्रो तलामा राखिएको छ। उनीहरू घाम ताप्न निस्किँदा डोरीले बाँधेर डण्डी माथि तानिरहेका हुन्छन् मजदूर। सिमेन्ट घोलिरहेको हुन्छ मेसिन। तल महिला, बुढीबुढी र बालबालिका हिँडिरहेका हुन्छन्।

कसैको हातमा नवजात बच्चा पनि हुन्छन्। सिमेन्ट, बालुवा र फलामको खिया मिसिएको हावा बहिरहेको हुन्छ। शिशु नाङ्गो आङ घाम तापिरहेको हुन्छ त्यहीं। वरिपरि जस्तापाता छरिएका छन्, काठको टुक्रामा उत्तानो परिरहेको काँटी छ। बालुवा र गिट्टीको थुप्रो नजिकै सुकाइएको छ बच्चाका कपडा। गह्रौँ पाइला चालेर सुत्केरीहरू घाम ताप्न निस्किन्छन्। फलाम काट्ने मेसिनको कर्कश आवाजले वातावरण उराठ बनाइदिन्छ। त्यसपछि एकोहोरो रोइरहन्छन् शिशु। निरास हुन्छिन् आमा।

बालरोग विशेषज्ञ कमलराज शर्मा भन्छन्, ‘फलाम काटेको आवाज, गाडीको हर्न र स्पिकरको आवाजले नवजात शिशुलाई एकदमै नराम्रो असर पर्छ। श्रवण शक्तिमा तत्काल ह्रास आउने गर्छ।’ सुतिरहेको बच्चा आवाजले तर्सिएर उठ्दा उनीहरूको दिमागी विकासमा असर पर्ने उनको भनाइ छ। शिशु सुत्दा उनीहरुको हर्मोन विकास हुने उनले बताए। ‘शिशु सुत्न पाएनन् भने शारीरिक विकासमा समेत असर पर्छ,’ शर्मा भन्छन्, ‘खराब धुलोले रगतमा संक्रमण, निमोनिया हुनुका साथै शिशुको मृत्युसमेत हुन सक्छ।’ अस्पतालका प्रशासनिक प्रमुख सूर्यप्रसाद अधिकारी अस्पताललाई बाध्यता रहेको बताउँछन्। उनी कतिपय गर्भवतीले स्थान अभावका कारण ह्वीलचियरमै बच्चा जन्माउनु परेको उनको भनाइ छ। ‘भवन निर्माण भइरहेको छ। अन्त सार्न ठाउँ छैन। हामी बाध्य छौं। यो बाध्यता स्वास्थ्य मन्त्रालयलाई पनि भनिदिनुपर्‍यो,’ उनले भने। यो समाचार राजु स्याङ्तान, किरण दहाल, सपना महर्जन र अजवी पौड्याल लेख्नु भएको खबर अन्नपुर्ण पोस्टबाट साभार गरेका हौ 

रिसाहा डाक्टर, छुच्चा कर्मचारी

बिहान ११ बजे। बर्थिङ सेन्टरमा एक कर्मचारी सफा गर्दै थिइन्। आफ्नो काम सुरु नगर्दै उनी बर्बराउन थालिन्, ‘जति सफा गरे पनि हुँदैन। कति फोहोर गर्न सकेका रु ’ उनी कामभन्दा बढी रिसाउन थालिन्। त्यही बेला तातो सुप लिएर आइपुगे एकजना कुरुवा। कर्मचारीले उनीमाथि रिस पोखिन्। ‘सफा गर्न लागेको, आँखा देख्नुहुन्न रु ’ हातमा सुप लिएका कुरुवा अलमल परे। ‘सफा गरिनसकेसम्म कोही भित्र जाने होइन,’ उनले आदेशको लवजमा भनिन्। कुरुवा ढोकैमा कुरिरहे। १५ मिनेट बित्यो। सुत्केरी श्रीमतीलाई सुप ल्याएको भन्दै उनी अनुनय गरिरहन्थे। कर्मचारी सुन्दिनथिन्। सुप सेलायो। फेरि तातो सुप लिन कुरुवा क्यान्टिनतर्फ दौडिए।

बिहान ९ः३० बजे। हाडजोर्नी विभागको कोठा नम्बर ७ का डाक्टरले बिरामीलाई हकारपकार पारे। उनको पालो ४ नम्बरमा रहेछ। बोलाएको समयमा पुग्दा डाक्टरले २२ नम्बरका बिरामी जाँचिरहेका थिए। बिरामीले सुस्तरी भने, ‘सर मेरो पालो चौथो नम्बरमा हो। तपाईंले भनेकै समयमा आएँ। तर तपाईं २२ नम्बरको बिरामी जाँचिरहनु भएको छ १’ एप्रोन नलगाई बिरामी जाँचिरहेका ती डाक्टरले बिरामीलाई आँखा तरे। नाकको पोरा फुलाए। झम्टिँउलाझैँ गरे। त्यसपछि कड्किए, ‘उता बस्नुस्। धेरै नकराउनुस्। अहिले आउँछ पालो।’ बिरामी अकमक्क परे। उनले नम्र हुँदै फेरि भने, ‘हामीसँग यसरी नसिराउनुस् न सर। हामी उपचार गर्न आएका हौं।’ डाक्टरको रिस अझ उम्लियो। ‘ए दिदी। यता आउनुस् न’, उनले ढोकामा कार्यरत महिला कर्मचारीलाई ठूलो स्वरमा बोलाए। त्यसपछि बिरामीका पुर्जा राम्रोसँग आफ्नो टेबलमा राख्न निर्देशन दिए।

आमाको उपचार गर्र्न पुगेकी सिन्धुपाल्चोककी सिर्जना वाइबा परिसरमा भेटिइन्। ६ महिनाअघिको घटना उनले सुनाइन्। पाठेघरको समस्या लिएर उनी डाक्टरको कार्यकक्षमा पुगेकी थिइन्। त्यसबेला डाक्टर आइपुगेका थिएनन्। उनले आफ्नो झोला झुक्किएर डाक्टर बस्ने कुर्सीमा राखिन्। त्यहीबेला डाक्टर आइपुगिन्। ‘यो झोला कसको रु ’ डाक्टर चिच्याइन्। सिर्जनाले झोला कुर्सीबाट निकालिन्। त्यसदिनको तीतो अनुभव उनले सम्झिइन्, ‘डाक्टरले हकार्दै बाउआमाले संस्कार सिकाएनन् भन्दै गाली गरिन्। मैले सरी भनेँ। तर उनको रिस मरेन।’ उनै डाक्टरले सिर्जनालाई जाँचिन्। सिर्जना भन्छिन्, ‘मेरो चित्त दुख्यो। त्यो डाक्टरलाई मैले आफ्नो समस्या भन्नै सकिनँ।’

सुत्केरी छोरीको कुरुवा बसिरहेकी नेपालगञ्जकी निर्मला सुवेदीलाई पनि डाक्टरले हकारे। भन्छिन्, ‘यहाँका डाक्टर र कर्मचारी झर्कोफर्को गर्छन्। साहै्र दुःख लागिरहेको छ। यो अस्पतालमा कहिल्यै आउन नपरे हुन्थ्यो भन्ने लागिरहेको छ।’

रिपोर्ट लिने काउन्टर नम्बर १३ का कर्मचारी, रेडियोलोजी विभागका कर्मचारी पनि बिरामीसँग रिसाइरहेकै थिए। प्रसूति वार्डअगाडि एक जना कर्मचारी एक महिलालाई थर्काउँदै थिए, ‘एकचोटी भनेपछि लाग्दैन रु दशचोटी भन्नुपर्छ रु ’

अस्पतालका कार्यालय प्रमुख अधिकारी भन्छन्, ‘सबै डाक्टर रिसाउँदैनन्। कतिपयको मानवीय स्वभाव पनि हुनसक्छ।’

निजीमा जान बाध्य

इन्डोस्कोपी गराउँदा समय लिनुपर्छ। कर्मचारीले पहिले बिरामीको ठेगाना सोध्छन्। त्यसपछि अत्याउँदै भन्छन्, ‘१५ दिनभन्दा अगाडि तपाईंको पालो आउँदैन।’ उपत्यका बाहिरबाट आएका बिरामी आत्तिन थाल्छन्। त्यसपछि त्यहाँका कर्मचारीले उपाय सुनाउँछन्, ‘नारायणगोपाल चोक नपुग्दै पश्चिमपट्टि क्लिनिक छ। त्यहाँ जानुस् आजै हुन्छ।’ सिन्धुलीका डम्बरबहादुर तामाङले भने, ‘यहाँ गर्दा सात दिन लाग्छ रे। बाहिर इन्डोस्कोपी आजै हुन्छ भने, त्यतै जाँदैछु।’

नवीन पाण्डेका सहकर्मी गतहप्ता मोटरसाइकल दुर्घटनामा परे। घाइतेलाई लिएर रातको १२ बजे उनी टिचिङ अस्पताल पुगे। टाउकोबाट भलभल्ती रगत बगिरहेको थियो। इमर्जेन्सी वार्डमा दुई जना मात्रै डाक्टर थिए। मिलन डाक्टर पर्खिरहे। डेढ घन्टा कुर्दा पनि नआएपछि उनी घाइतेलाई लिएर निजी अस्पताल गए।

प्रशासनिक प्रमुख अधिकारी टिचिङमा १५ सय कर्मचारी र करिब ४ सय डाक्टर रहेको बताउँछन्। अस्पतालमा चाप बढी भएपनि आइसकेका बिरामीलाई बाहिर पठाउने नियत नभएको उनको दाबी छ। भन्छन्, ‘डाक्टरहरुले बिरामीलाई बाहिर उपचार गराउन पठाएको थाहा पाए कारबाही गर्छौं।’

सहायता कक्ष एनजीओलाई

बिहान ६ बजे टोकन खुल्छ। ८ः१५ बाट टिकट वितरण सुरु हुन्छ। टिचिङको परिसरमा बुधबार बिहान ६ बजे पुग्दा दुई÷चार जना मात्रै आइपुगेका थिए। टिकट काउन्टर खुल्यो। टिकट दिनेले त्यसपछि कहाँ जाने स्पष्ट भनेनन्। एक बिरामीले आफ्नो उमेर ३० वर्ष बताए। तर टिकटमा देखियो ४० वर्ष। उनी अलमल भए। त्यसपछि सोध्न पुगे सहायता कक्षमा।

यो कक्ष बेलाबेलामा खाली हुने गर्छ। बिहान ८।३० बजे खाली थियो। आश्चर्य लाग्दो त के छ भने सहायता गर्न बसेकाहरू टिचिङका कर्मचारी होइनन्। एनजीओकर्मी हुन्। सहायता कक्षमा ‘बसुन्धारा हेल्पिङ ह्यान्ड्स’ का तीन कर्मचारी कार्यरत छन्। उनीहरु कहिले युट्युबमा भिडियो हेरिरहेका हुन्छन्, कहिले फेसबुक चलाइरहेका हुन्छन्।

‘तपाईंहरुलाई टिचिङबारे सबै थाहा छ रु ’ एक जनाले सोधे। महिला एनजीओकर्मीले भनिन्, ‘यहाँ भित्रको सबै जानकारी लिएर बसेका हौं।’ एकजना वृद्धा त्यहाँ आइपुगिन्। उनले इन्डोस्कोपी गर्ने ठाउँ सोधिन्। ती एनजीओकर्मीले औंलाले इसारा गर्दै जानुपर्ने दिशा देखाइन्। उनले भनेकैतिर गइन् वृद्धा। तर भीडमा अलमलिइन्। ‘खै उता जा भन्छन्, कता हो कता रु ’ उनले सुस्केरा छोडिन्।

प्रशासनिक प्रमुख अधिकारी स्वयंसेवा गर्न आउनेलाई रोक्न नमिल्ने बताउँछन्। अस्पतालकै सोधपुछ कक्ष पनि छ। तर, त्यहाँ पुग्न सेवाग्राहीले अस्पतालको एक चक्कर लगाउनुपर्छ। त्यहाँ पाका कर्मचारी बसेका हुन्छन्। बोल्न पनि अनकाउँछन्।

शौचालयको दुर्गति

अस्पतालको शौचालय दुर्गन्धित छ। साबुन कतै छैन। जताततै पानी चुहुन्छ। शौचालयबाट निस्किँदा शरीर भिज्छ। ठेक्कामा दिइएको शौचालयले युरिन टेस्ट गर्ने बिरामीसँग समेत शुल्क लिन्छ।

‘आम्मामा। निथु्रक्कै भिजेँ नि १’ एक महिला शौचालयबाट चिच्याउँदै बाहिरिइन्। धारा खोल्दा पानी उछिट्टिएर उनको लुगा झिज्यो। धाराको टुटी बिग्रिएर पानी बगिरहेको थियो। पाइपमा ठाउँठाउँमा प्वाल परेको छ। बिरामी र अन्य व्यक्ति सबैले एउटै शौचालय प्रयोग गर्छन्। अपांगमैत्री शौचालय छैन। पुरुष शौचालयमा जान बाध्य छन्, बिरामी महिला। प्रत्येक शौचालयमा भीड लाग्छ। सफा गर्ने कोही देखिएनन्। तर, ५ रुपैयाँ उठाउन भने ढोकैमा दुई जना बसिरहेका थिए। प्रशासन प्रमुख अधिकारी सरसफाइ गर्नुपर्ने भएकाले बाहिरका व्यक्तिलाई ठेक्कामा दिइएको स्वीकार्छन्।

औषधी नपाइने फार्मेसी

अस्पतालको फार्मेसीमा प्रायः औषधी ‘छैन’ भनिन्छ। एक जना भन्दैथिए, ‘औषधी खोज्न अल्छी लागेर हो कि बाहिरको औषधी पसल चलोस् भनेर हो, केही बुझ्नै सकिएन।’

अस्पतालको फार्मेसीमा औषधी किन्दा ५० प्रतिशत सस्तोमा पाइने सरकारी भनाइ छ। तर बिरामीहरू सम्पूर्ण औषधी निजी फार्मेसीमा किन्न बाध्य छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५४ वटा सरकारी अस्पतालको मातहतमा औषधी पसल छ। तर डाक्टरले लेखेका अधिकांश औषधी अस्पतालको फार्मेसीमा पाइँदैनन्। रामेछापकी सुनीता कार्की डाक्टरको प्रेस्क्रिप्सन लिएर फार्मेसी पुगिन्। त्यहाँ लाइन थियो। पालो पाएपछि उनको पुर्जामा लेखिएका ६ मध्ये कुनै पनि औषधी नभएको कर्मचारीले बताए। उनी औषधी किन्न बाहिरिन्।

अस्पताल फार्मेसी निर्देशिका २०७२ मा फार्मेसीमा आवश्यक जनशक्ति राख्न निर्देशन जारी गरिएको छ। तर तीन वर्ष बित्दासमेत फार्मेसीमा जनशक्ति अभाव रहेको बताउँछन् प्रशासनिक प्रमुख अधिकारी। भन्छन्, ‘फार्मेसीमा जनशक्ति र काउन्टर दुवै कम छन्। काउन्टर भोलि नै थप्ने तयारी हुँदैछ।’

कोटसमेत चोरी हुन्छ

पुस २६ बजे। दिउँसो साढे दुई बजे। बुबालाई इमर्जेन्सीमा लिएर पुगे नुवाकोटका जितेन्द्रसिंह ठकुरी। तीन महिनाअघि मात्रै किनेको बा९८प ७०९४ नम्बरको पल्सर बाइक पार्किङ गरे। अपरान्ह ५ बजे निस्कँदा पार्किङमा बाइक छैन। आत्तिँदै सुरक्षा गार्डलाई सोधे। गार्ड केही बोलेनन्। मात्र चोर औंलाले भित्तामा लेखिएको सूचना देखाए। जहाँ लेखिएको छ, ‘बाइक हराएमा अस्पताल जिम्मेवार हुने छैन।’ प्रशासनमा गएर गुनासो गरे। कर्मचारीले सुन्नै चाहेनन्।

भने, ‘डाक्टरहरुको त बाइक हराउँछ।’ त्यसपछि जितेन्द्रले ट्राफिक प्रहरीमा उजुरी गरे। प्रहरीले सीसी क्यामेरा फुटेज हेरे। तर, बाइक पत्ता लागेन। अहिले जितेन्द्र बाइकको बीमा रकम दाबी गर्न हिँडिरहेका छन्। उनले निरास हुँदै भने, ‘दिउँसै हेन्डिल लक भाँचेर तेत्रो मान्छेको अगाडि बाइक घिसार्दै लगेको थाहा हुँदैन रु मलाई त त्यहीँका कर्मचारीमाथि शंका लागिहेको छ। तर के गर्नु प्रमाण छैन।’

हेलमेट, मोबाइल, साइकल, पैसा चोरी हुनु सामान्यजस्तै भइसक्यो। गुल्मीका ७० वर्षीय हरिप्रसाद पोखरेलको मंगलबार बसेकै ठाउँबाट मोबाइल चोरियो। त्यसपछि परिवारसँग सम्पर्क हुन सकेन। उनी निरास थिए। अस्पताल परिसरभित्र जताततै सर्तक रहनुपर्ने सूचना टाँसिएका छन्। आफ्नो सामानको सुरक्षा आफैँ गर्नुहोला, बाइक र हेल्मेटको सुरक्षा आफैँ गर्नुहोला, साइकल चोरदेखि होसियार, पाकेटमारदेखि सावधान।

यस्ता सूचनाले अस्पतालभित्र असुरक्षा महसुस गराउने एक कुरुवाले बताए। अस्पतालभित्र २२ जना सुरक्षा गार्ड कार्यरत छन्। तर, आफ्नै सामान चोरी हुने गरेको उनीहरूको गुनासो छ। एक सुरक्षा गार्डले भने, ‘अस्ति मेरो कोट नै चोरी भयो। आफ्नै कपडा चोरियो, अब कसलाई भन्नु रु ’ प्रशासनिक प्रमुख सूर्यप्रसाद अधिकारीले सबैको पछि लाग्न नसकिने बताए। उनले अस्पतालभित्र दुई किसिमको सुरक्षा व्यवस्था गरिएको प्रस्ट पारे। ‘सिभिल र डे«समा सुरक्षाकर्मी परिचालित छन्,’ उनले भने, ‘यस्ता घटना नियन्त्रण गरिन्छ। हामी कोशिस गरिरहेका छौं।’

कुरुवाको कन्तबिजोग

बिहान ६ बजे। अस्पतालभित्र चिसो भुइँमा लहरै आठ–दश जना सुतिरहेका थिए। कोही ढोकाछेउमा, कोही फार्मेसीको छेउमा, कोही सहायता कक्षनेर, कोही बैंकको काउन्टरनेर। कोही कुर्सीमा, कोही कुनामा। माघको जाडोमा एकसरो ब्ल्याङ्केटभित्र उनीहरु गुटमुटिइरहेका थिए। अस्पतालमा ओहोरदोहोर गर्नेले सुतिरहेकाहरुलाई कुल्चिने हो कि भन्दै खुट्टा छलेर हिँड्थे। उनीहरू सुतिरहेको ठिकमाथि भित्तामा सुनौलो अक्षरले लेखिएको थियो, ‘लभ एन्ड केयर।’

आमालाई इमर्जेन्सीमा राखेर पातलो ब्ल्याङ्केटमा गुटमुटिइरहेका बुटबलका हरिलाल सुनार ७ बजेतिर आँखा मिच्दै उठे। वरपर निदाइरहेका कुरुवालाई नियाले। ‘आफैँ बिरामी परिएला जस्तो छ,’ उनले दिक्क मान्दै भने। हरिलाल हप्तादिनदेखि अस्पतालमा छन्। उनी त्यहाँ सुत्न थालेको तीन दिन भयो। त्यसभन्दा अगाडि उनी इमर्जेन्सी गेटको भित्रपट्टि सुत्थे। उनले भने, ‘त्यहाँ ढोकाबाट सीधै हावाले हानेपछि यता सुत्न थालेँ।’

पल्लो छेउबाट आँखा मिच्दै उठे जनकपुरका विपीन गोइत। उनको पनि अवस्था उस्तै छ। गर्भवती श्रीमती लिएर आएका उनले भने, ‘अब मेरो पनि हालत खराब होलाजस्तो छ।’ प्रसूति वार्ड, अप्रेसन थिएटर जताततै कुरुवाको हालत उस्तै छ। न सुत्ने ठाउँ, न बस्ने ठाउँ। एकातिर आफन्तको उपचार के हुने हो भन्ने तनाव, अर्कोतिर बाहिर अलपत्र उभिरहनुपर्ने पीडा।

मनाङदेखि गर्भवती छोरी स्याहार्न आएकी एक वृद्धा प्रसूति वार्डमा भेटिइन्। उनी अस्पताल आएको दुई दिन भयो। बितेका दुई दिन उनका लागि निकै पीडादायी भयो। उनले भनिन्, ‘सुत्ने त के बस्ने ठाउँ समेत छैन। बच्चा च्यापेर रातभरी उभिनुपर्छ। चिसोले रातभरी खोकेको खोकै छु।’ गर्भवती श्रीमती लिएर आएका स्याङ्जाका राजेन्द्र डुमे्र भन्छन्, ‘सबै कोठामा खचाखच सुत्केरी छन्। रातभरी हल्ला हुन्छ। एउटा बेडमा पाँच जनासम्म बच्चा राखेर बस्नुपर्छ।’

बैंकको ठगी

बैंकका कर्मचारीले एउटै शीर्षकमा दुई पटक बिल काटिदिए। ‘एउटै उपचारको लागि दुई पटक पैसा तिर्नु पर्‍यो’, इन्डोस्कोपी विभागअगाडि विष्णुकुमारी राई ९६५० हातमा दुईवटा बिल बोकेर गुनासो गर्दै थिइन्। उनले पुष २७ गते आधा घन्टाको फरकमा दुई पटक भिडियो एक्सरेका लागि पैसा तिरिन्। निरक्षर विष्णुकुमारी त्यसदिन एक्लै अस्पताल पुगेकी थिइन्। घरमा पुगेर छोराले बिल हेरेपछि मात्र आफू ठगिएका थाहा पाइन्। बुधबार पैसा फिर्ता लिन उनलाई दिनभरी लाग्यो। विष्णुकुमारीले भनिन्, ‘म ठगिएको रहेछु। थाहै भएन।’


ताजा समाचार