जन्मेस्टिक डान्स गरेर नेपाल लाई विश्वमा चिनाउने धोको छ : मानन्धर
बिनोद कुमार घर्ती
जाजरकोट । नेपालकै पहिलो फाईर डान्सरको रुपमा रहेका काठमाण्डौं महानगरपालीका २० पक्नाजुल निवासि बाबुराजा मानन्धर यति बेला नेपालकै पहिलो फाईर डान्सरको रुपमा आफ्नो कला प्रर्दशन गर्दै आएका छन । यस्ता नयाँ नयाँ बिषयमा आफनो नृत्याङ्कनलाई जगेर्ना र प्रचार प्रसार गर्ने क्रममा हरे युवा पुस्ता सरकारको हो ।
भन्दै आज भोलि नयाँ र पुराना सवै पुस्ताले समेटने गरी आफनो कला सस्कृति र परम्पराको जगेर्नामा गम्भीर ढंगले सोचेको देखिदैन । यसै विषयमा नेपालकै पहिलो फाइर डान्सर र जन्मेस्टीक डान्सरमा आफ्नो छुटटै पहिचन बनाउन सपल क्रियाशील युवा डान्सर बाबुराजा मानन्धरसंग युगआव्हान दैनिक जाजरकोट शाखाका प्रतिनिधि बिनोद कुमार घर्तीले गरेको कुराकानी ।
१. तपाईको यात्रा कसरी तय भयो ?
सर्ब प्रथम मलाई तपाईको अनलाइन पत्रिका मार्फत आफनो भनाई तथा अनुभव राख्ने अवसर दिनु भएकोमा धन्यवाद ब्यक्त गर्न चाहान्छु । मेरो यो डान्सको यात्रा सानै देखिको रुचि हो । जुन मेरो वाल्यकालमा बिद्यार्र्थी जीवन अवस्था देखिनै म नाच्ने, अनी विभिन्न टेलीश्रृङखलाहरु हेर्ने गर्थे ।
अनी विभिन्न क्यारकेचर गर्ने गर्थे, र यसै क्रममा मैले जानी नजानी गरेको हरेक कुरामा साथ सहयोग गरेर मलाई डान्स सिक्नु पर्छ बाबु तिमिले आफ्नो भन्दा पनी नेपालकै नाम चिनाउनु पर्छ भन्दै मलाई अहोरात्र माया गरेर डान्स प्रतिको माया ममता जगेर्न सपल मेरा आमा कौसिला मानन्धरको सहयोगले मैले मेरा बाल्यकालको यात्रा नेपालकै नमुना डान्सर बन्ने भनेर सपना दख्दै मेरो यात्रा तय भएको हो ।
२.तपाईले हालसम्म डान्सरको रुपमा काम गर्दै गर्दा कस्तो अनुभब बटुल्नु भयो ?
मैलेप हिलो कुरात यसरी नेपालको पहिलो फाइर डान्सरको रुपमा चिनिन्छु भनेर सोचेको पनि थिईन । मेरो दैनिक मेहनत र मेरो आमाको माया ममता अनी मैले अहिले सम्म गरेको स्टेज प्रोग्राममा गरेको मेरो प्रस्तुति अनी आम दर्शकहरुको माया सहयोग र प्रेणाले म्यूजिक भिडियो नेपाल टेलिभिजन,सुभारम्भ साज नृत्य, देखि जनता टेलिभिजन बाट प्रसारण हुने दुख पाईस मंगले टेलि सिरीयल, कृषि टेलिभीजन बाट प्रशारण हुने सर्मपण टेलि सिरीयल, नेपाल १ बाट हासन पाइन टेलिसीरियल,युवटुबको चर्चित सिरीयल आजकोलको लभमा लगाएतका भिडियो मुभिहरुमा खेल्ने अवसर दाई बाबुबोगटीको कारणले अवसर पाईयो सुरु सुरुमा त अलि गाह्रो लाग्थ्यो अहिले पाए सम्म अभिनयको पाटोमा मैले भुमिका खेल्ले गरेको छु अझै दर्शकको मायाको आधारमा मेरो यात्रा अझैयो भन्दा धेरै राम्रो हुने छ । धेरै जनाको मायाको खाचो थियो माया पाएको छु । एक नेपाली छोरा भएर नेपालकै पहिलो फाइर डान्सको रुपमा चिनिने अवसर मिलेको छ । म यसैमा खुसी छु ।
३.तपाई नेपालको फाईर डान्सरको रुपमा देश ब्यपि परिचित हुनुहुन्छ तपाईको पहिलो अवाड कुन ठाउँ बाट पाउनु भएको थियो ?
यहाँलाई पुन धन्यवाद मलाई पुरानो यादहरुलाई पुन सम्झने मौका दिनु भयो । मैले बाल्यकाल देखिको जुन सपना देखेको थिए तेही अनुसार अहमरात मेहनत गरेर २०६४ सालमा पहिलो पटक रुकुम खलंगामा सम्मानित भई अगाडी बढदै गर्दा मैले वि.स २०७० सालमा कैलालीको जोेशिपुर महोत्सव बाट मैले जीवनमा पहिलो पटक अवाड पाएको थिए ।
४. तपाई अहिले फाईर डान्सर वाहेक अन्य कुन कुन पेशामा आवद्ध हुनु हुन्छ ?
मेरो पहिलो पेसा त डान्सर नै हो । मैले हाल कोरियन डान्स सिकिसकेको छु र हरेक प्रोग्राममा स्टेज सो को लागि पनी म कोरियन डान्स गर्छु ।अबको मेरो उद्देश्य भनेको जन्मेस्टिक डान्स गरेर नेपाल लाई विश्वमा चिनाउने धोको छ । म एउटा शिक्षित, अभिनय, क्यारीकेचर जादु गर्ने ब्यक्ति अन्तर्गत पनि म पर्छु । पहिले म बिद्यार्थिहरुलाई टिउसन पढाउने काममापनि संलग्न छु । प्राय म बढि डान्स क्षेत्रमा रुचि रहेकोले मइले डान्स सम्बनधी तालीमहरु दिने काम गरेको छु ।
५.पहिलेको बाबुराजा र अहिलेको बाबुराजामा साथिहरुले हेर्ने दृष्टिकोण के फरक छ ?
पहिलेको बाबुराजा र अहिलेको बाबुराजाम धेरै फरक छ । किनकि म पहिले कुनै पेसाम नहुदा समाज साथिहरुले मलाई हेर्ने दृष्टिकोण धेरै फरक थियो । मैले कतै बाट पनि त्यस्तो सहयोग पाउन सकेको थिइृन । बिद्यालयमा पढदै गर्दा सस्कृतिक कार्यक्रम देखि पुरुषकार जिदै अगाडि बढदै गर्दा मेरो एकल निर्णय नभई मेरो आदरणिय गुरु दाई बाबु बोगटी र आमा कौशिला मानन्धरको प्रयासले मैले नेपाली जनता माज जुन एउटा सफलताको फटको मार्न सफल भए शिक्षक पेसा देखि यो क्षेत्रमा आउदा धेरै फरक छ ।
पहिले मलाई एउटा परिवारले, बस्तीले चिन्थ्यो अहिले मलाई विश्वले नेपालको पहिलो फाईर डान्सरको रुपमा चिन्ने गरेका छन । मेरो मेहनत लगनशिल्ताले हाल देशका बिभिन्न महोत्सवहरुमा आमन्त्रण गर्ने गरेका छन । अहिले जाजरकोट तेस्रो महोत्सवमा मलाई मेरो पहिचानले मलाई उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण बहादुर खत्रि र साहित्यकार पुर्णसीेर महतारा अनी सहदेवजंग शाहको सहयोगमा जाजरकोटमा आउन सफल भए ।
र जाजरकोटमा पनि मैलै सोचेको भन्दा पनि वढी माया पाए अहिले सम्म मैले नेपालको हरेक महोत्सव र विदेशी भर्मणमा विदेशमा पनी मेरो प्रस्तुति सेर गरे तर यति माया पाएन मैले जाजरकोटमा सोचे भन्दा पनि धेरै माया पाए । यस्ता यस्तै सवैले मेरो लागि कुनै कुरा सोच्नुहुन्छ अनी माया गर्नु भएको छ त्यसैले अवश्य पनि पहिलेको बाबुराजामा हेर्ने दृष्टिकोण र अहिलेको दृष्टिकोण आकाश पातल फरक देख्छु र सम्झीन्छु । माया भनेको यस्तो हुदो रहेछ र खास फरक देखेको छु अहिले ।
६. तापईको अबको यात्रा के छ ? अब के गर्ने सोचमा हुनुहुन्छ ?
असाध्यै राम्रो प्रश्न राख्नु भयो सरले । अबको मेरो लक्ष्य भनेको अहिले एउटा पेसा मैले रोजे यो पेशालाई निरन्तर्ता दिने । नेपालमा हालसम्म पनि नआएका डान्सहरुको अभ्यास गर्ने नेपालको नाम विश्वमा चिनाउनको लागि म नेपालको पहिलो डान्सरको रुपमा चिनिने धोको छ । मेरो अग्रजहरुको सुजाव सल्लाहा अनुसार म अगाडि बढिरहेको छु । कसरी डान्स क्षेत्रमा अगाडि बढने मेरो मुख्य सोच छ ।
७. तपाईमा कसरी डान्स गर्ने सोच जाग्यो ?
बिद्यालयमा पढदै गर्दा म असाध्यै डान्स गर्ने रुचि राख्थे । बिभिन्न कार्यक्रमहरुमा नाचेको देख्दा आफु यसरी नाच्नु पर्छ भन्ने मेरो पहिलो रुचि हो । तेस्तै मलाई अगाडिका दाईहरुको प्रेणले नेपालमा पहिलो पटक फाईर डान्स प्रदृशन गरे अव कोरीयन डान्सको तयारी गरिरहेको छु । शिक्षक पेशा छोडेर म नाच क्षेत्रमा रुचि राखि अगाडि बढिरहेको छु ।
८. तपाई लाई यो स्थान सम्म ल्याउनको लागि घर परिवारको कस्तो सहयो रहयो ?
पहिलो कुरात कुनै काम गर्दा घर परिवारले साथ सहयोग नगरे कुनै पनि काम गर्न सकिदैन । सूरुमा केहि गाह्रो भएता पनि घर परिवारको पूर्ण सहयोगले संगै आमा दाईको हरेक सहयोगले म यो स्थानमा आएको हु । अहिले म संगै आमा हुनुहुनछ दाई बाहिर जानु भएको छ दाई घरपरिवारको सहयोगले दुई भाइले एउटै गितमा अभिनय समेत गरेका छौं घरपरिवारको पूर्ण सहयोग छ ।
अन्तमा हजुरले केहि भन्न चाहनु हुन्छ ?
तपाईको युगआव्हान दैनिक पत्रिका मार्फत मलाई बोलाएर अहिले सम्म मेरो अनुभव र आगामि दिनका मेरा सपनाहरु हजारौ दर्शक तथा पाठक वर्गमा पु¥याउने प्रसारण दिने जुन अवसर गर्नुभयो । म त्यसका लागि तपाँईलाई मेरो ब्यक्तिगत तर्फबाट धन्यबाद ब्यक्त गर्न चाहान्छु । साथै नयाँ उर्जा हौसलाका साथ जुन सपना देखेर अगाडि बढिरहेको छु म एउटा ब्यक्तिले मात्र यो सपना पुरा नहुने भएकोले मलाई सकारात्मक सुजाव दिएर थप अगाडि बढ्नको लागि सहयोग गर्न दर्शकहरुमा हार्दिक अभिवादन गर्छु । मैले अगाडि बढ्नको लागि अहमरात खट्ने मेरो आमा र आदरणिय गुरु दाई बाबुबोगटी लाई समेत धेरै सम्झन चाहान्छु । मलाई जाजरकोट सम्म आउनको लागि वातावरण मिलाउनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छु । धन्यबाद !!
भिडियो हेर्नुहोस :