Loading... आजः बुधबार, असार ९, २०७८

पर्यटन पत्रकार महासंघ जाजरकोटको अध्यक्षमा पन्त

जाजरकोट । नेपाल पर्यटन पत्रकार महासंघ जाजरकोटको अध्यक्षमा बद्री पन्त निर्वाचित भएका छन । शनिवार सम्पन्न दोस्रो अधिवेसनबाट पन्त सर्वसहमतिले अध्यक्षमा निर्वाचित भएका हुन ।

महासंघले भेरी नगरपालिका १ शिवालय मन्दिरमा गरेको दोस्रो अधिवेसनमावाट पन्त १ बर्षको कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन । सभाबाट १३ सदसिय नया कार्य समिति चयन गरिएको छ । पन्तको अध्यक्षतामा उपाध्यक्ष सरोज वली, महिला उपाध्यक्ष, सुरिता बस्नेत, सचिव, पवन शर्मा, सह सचिव टीका विक, सह सचिव रेसम खड्का, कोषाध्यक्ष तिर्थराज बोहरा छन भने सदस्यहरुमा बिनोद कुमार घर्ती, नवराज शाही, तुल्सि प्रकाश घर्ती, सज्जन राज विक, देवि पुन, सारदा पुन लगाएत रहेका छन ।

अध्यक्षमा निर्वाचित भएपछि पत्रकार पन्तले जिल्लाको पर्यटन पत्रकारीताको विकासका लागि आफनो कार्यकालमा महत्वपुर्ण कार्यहरु गर्ने वताए । उनले जिल्लाका महत्वपुर्ण पर्यटकीय क्षेत्रहरुमो प्रचार प्रचार एवम सरंक्षणका लागि विशेष पहल गरिने समेत वताए ।

अधिवेसनमा शुभकामना मन्तव्य दिदै पर्यटन पत्रकार महासंघका केन्द्रिय सचिव दिपवहादुर घर्ती, भेरी नगरपालिका वडा नम्वर १का वडाध्यक्ष दिपक राना, पत्रकारहरु रामचन्द्र घर्ती र सहदेव वस्नेतले पर्यटन पत्रकार महासंघले जाजरकोटको पर्यटन विकासमा जिम्मेवार र महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । उनीहरुले जाजरकोटमा लुकेका र लुकाइएका ऐतिहासिक समाजिक प्राकृतिक एवम सास्कृतिक सम्पदाहरु उत्खनन गर्ने काममा पर्यटन पत्रकार महासंघले सक्रिय भुमिका निर्वाह गर्न सुझाव दिएका थिए । यस्तै पर्यटन पत्रकार महासंघको दोस्रो अधिवेसनले अव महासंघले गर्ने भेला वैठक लगाएतका कार्यकमहरु जिल्लाका पर्यटकीय स्थलहरुमा मात्र गर्ने निर्णय गरेको उपाध्यक्ष सरोज वलीले वताए । उनले जिल्लाका सात वटै स्थानीय तहमा रहेका पर्यटकीय सम्पदाहरुको संरक्षण एवम प्रचार प्रसारका लागि महासंघका कार्यक्रमहरु सवै स्थानीय तहमा गएर गर्ने निर्णय गरिएको वताए । अधिवेसनमा जिल्ला स्थित विभिन्न सन्चार माध्यममा कार्यरत पत्रकारहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यस्तै शनिवार सम्पन्न पर्यटन पत्रकार महासंघ जाजरकोटले १४ बुदे शिवालय घोष्णा पत्र जारी गरेको छ । जाजरकोटका पर्यटकीय स्थलहरुको पहिचान गरी प्रचारप्रसारमा जोड दिने र लुकेर रहेका प्रयटकिय स्थलहरुको प्रचारप्रसार गरि पर्यटन प्रववद्धनमा टेवा पुर्याउनको लागि १४ बुदे घोषणा पत्र समेत तयार पारीएको छ । जिल्लाको मालीका, शिवालय मन्दीर, जग्तीपुरको वायु घट्ट, जुनिचाँदेको जुनि कम्युन, जुनिचाँदेको चमेरो गुफा, छेडाको घोगिमा रहेका देवल ,नलगाडको झर्ना , दुई भेरीको दोभान लगाएतका प्रयटकिय एवम धार्मिक स्थलहरुलाई मुख्य प्राथामिकताम राखि १४ बुद्धे घोष्णा पत्र समेत जारी गरेको सचिव पवन शर्माकाे भनाइ छ ।


ताजा समाचार