Loading... आजः बुधबार, असार ९, २०७८

जाजरकाेटमा भीरबाट लडेर प्रहरी हवाल्दरको मृत्यु

साङ्केतिक तस्बिर

जाजरकाेट । जाजरकोटमा भीरबाट लडेर घाईते भएका एक प्रहरी हवाल्दरको मृत्यु भएको छ । नलगाड नगरपालिका–८ मैदे स्थित अस्थायी प्रहरी पोष्टमा  कार्यरत ३९ बर्षिय माहाबीर खड्काको शुक्रबार कोहलपुर मेडिकल कलेज लैजादै गर्दा बाटाेमै मृत्यु भएको हो ।

३ जनाको टोली सहित विहीवार दिउसो दग्रास कुर्सेनी तिर गस्तीमा जादै गर्दा हल्दार खड्का नलगाड नगरपालिका ८, गम्थापाखालेको भीरबाट चिप्लिएर २ सय मीटर तल खसेका थिए ।

उक्त भीरबाट लडेर गम्भीर घाईते भएका खड्कालाई आठवीसकोट नगर अस्पतालमा प्राथामिक उपचार पछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लैजादै गर्दा बाटोमै मृत्यु भएको जाजरकोटका निमित्त प्रहरी प्रमुख केशर कार्कीले बताउनु भयो ।

गम्भीर घाईते खड्काको टाउको र अन्य भागमा चोट लागेको थियो । सुर्खेतको भेरी गंगानगरपालिका ४, छिन्चु घर भएका प्रहरी हल्दार खड्काको दरवन्दी बारेकोटमा थियो भने उनी काजमा विगत १ बर्षदेखि अस्थायी प्रहरी पोष्ट मैदेमा कार्यरत रहेको जाजरकोट प्रहरीले जनाएको छ ।

 


ताजा समाचार