Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

रेडपाण्डाको छाला सहित दुई युवा पक्राउ


जाजरकोट । विस्वकै दुर्लभ वन्यजन्तु रेडपान्डाको छाला सहित जाजरकोटमा दुई जना युवा पक्राउ परेका छन् । लुकाई छिपाई विक्री गर्न लैजादै गर्दा प्रहरीले आइतवार उनिहरुलाई खलंगाको एक होटेलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नलगाड नगरपालिका वडा नम्वर ५, कालीमाटीका २५ वर्षिय गणेश सुनार र सोहि ठाउँकै २५ वर्षिय युवराज विक रहेका छन् । प्रतिवन्धित रेडपान्डाको छाला विक्रि गर्न लिने तयारी गरेका उनिहरुलाई विशेष सुचनाको आधारमा पक्राउ गरेको जाजरकोटका प्रहरी प्रमुख रविन्द्र बहादुर सिहाँले जानकारी दिए ।

रेडपान्डाको छाला तस्करीमा मुख्य भुमिका खेल्ने डोल्पा घर भएका दिपक भनिनेको व्यापक खोजी भइरहेको प्रहरी प्रमुख सिहाँले बताए । पक्राउ परेका दुई युवालाई थप अनुसन्धानका लागि डिभीजन वन कार्यालयमा वुझाइएको छ ।

दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका आखेटोपहारहरुको गैरकानूनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज् तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रेको छाला खरिद बिक्री तथा ओसारपसार गर्न पाइन्न ।

विस्वको दुर्लभ वन्य जन्तु रेडपान्डाको वासस्थान रहेको जाजरकोटको वारेकोट र कुसे गाउँपालिकावाट तस्करहरुले रेडपान्डाको छालाको चोरी निकासी गर्ने गरेको प्रहरीले अनुमान गरेको छ ।

भिडियो हेर्नुहोस : 


ताजा समाचार