Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

खलंगा देखि मछाइना मालिका हुँदै दुई घन्टामै खलंगा पुग्ने धावक

जाजरकाेट । रुकुम पश्चिमका धावक दुर्गाराज बुढाले २५ किलो मिटरको दुरी २ घण्टा २० मिनेटमा दौडेर पार गरेका छन् । खलंगाको थाप्लेचौर देखि पाखेदह, भेरेखर्क, मछाईना, मालिका हुदै २ घण्टा २० मिनेटको समयमा धावक दुर्गाराज बुढा फेरी थाप्लेचौर आई पुगेका छन् ।

तेश्रो जाजरकोट महोत्सवको आज पाँचौं दिन दुर्गाराज बुढाले आफुलाई धावकको परिचय दिन ट्रेल रङिंग गरेका थिए । साथै महोत्सवको अबसरमा आफुले गरेको ट्रेल रङिंगले जाजरकोटको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धाबक बुढाको भनाई रहेको छ । ट्रेल रङिंग सहासिक पर्यटनको सस्तो विद्यामा पर्ने गर्दछ । अन्य सहासिक पर्यटन भन्दा ट्रेल रङिंग कम पैसामा गर्न सकिने धाबक वुढाले जानकारी दिए ।

पश्चिम रुकुमको मुसीकोट नगरपालिका–५ साँखका दुर्गाराज बुढा सन् २०१२ मा जिरी देखि सगरमाथाको अन्तिम बेस क्याम्पसम्मको ट्रेल रङिंग गरेर धाबक बन्ने प्रयास गरेका थिए । २९ बर्षिय दुर्गराज वुढाले २०७४ फागुन ७ गते भएको ताप्लुजुङ्गको ओलाङच्योङ गोला देखि पाथीभरा मन्दिरसम्म भएको ट्रेल रङिंग प्रतियोगितामा पनि भाग लिएका थिए ।

२०७५ को कार्तिकमा भएको माछापुच्छे, अन्नपूर्ण बेस क्याम्पको घान्दुर्ग हुँदै धम्पुसम्मको सय किलोकिमटर अन्तराष्ट्रिय ट्रेल रङिंग प्रतियोगितामा धावक वुढा दोश्रो भएका थिए भने, सार्क राष्ट्रिय ट्रेल रङिंग प्रतियोगितामा प्रथम भएको जानकारी दिए । दैनिक आफुलै ट्रेल रङिंग गर्दा १ सय २० किलो मिटरको दुरी पार गर्ने धावक वुढाले दावी गरे ।

कुराकानीकै क्रममा धावक वुढाले ट्रेल रङिंगमा सय किलो मिटरको दुरीपार गर्न सक्ने जाजरकोटकै टेकबहादुर बस्नेत रहेको पनि जानकारी दिए । धावक वुढाका अनुसार नेपाल स्तरीय ट्रेल रङिंग प्रतियोगितामा जाजरकोटका टेकबहादुर बस्नेतले दोश्रो स्थान हासिल गरेका थिए । २५ किलो मिटरको दुरी २ घण्टा २० मिनेटमा दौडेर पार गरेका धाबक दुर्गाराज बुढालाई तेस्राे जाजरकोट महोत्सव आयोजक समितिले मेडल प्रदान गर्नुको साथै खादा, अवीर माला लगाएर सम्मान गरेको छ ।


ताजा समाचार