Loading... आजः बुधबार, असार ९, २०७८

गाउँपालिकालाई नेपाल शिक्षक संघले ज्ञापनपत्र बुझाउने

जाजरकाेट । नेपाल शिक्षक संघ बारेकोट गाउँपालिका स्तरीय समितिको प्रतिनीधि भेला लिम्सामा बुधवार सम्पन्न भएको छ । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति जाजरकोटका श्रोत व्यक्ति प्रमेश्वर शाहीको प्रमुख आथित्यतामा प्रतिनीधि भेला सम्पन्न भएको हो ।

प्रतिनीधि भेलाले सबैवाट सल्लाह, सुझाव संकलन गर्ने काम गरेको छ भने, आर्थिक बर्ष २०७५/०७६ को सदस्यता नविकरण, विशिष्ट, कर्मठ, र साधारण सदस्यता बढाउने निर्णय गरेको नेपाल शिक्षक संघ बारेकोट गाउँपालिका स्तरीय समितिले जनाएको छ । गाउँपालिकाले दिने शिक्षक अनुदानमा शिक्षकलाई १० महिनाको मात्र पारिश्रमिक दिईएर विभेद गर्ने गरेको प्रतिनीधि भेलाले निष्कर्ष निकालेको छ ।

शिक्षक अनुदानमा गाउँपालिकाले गर्दै आएको विभेद अन्त्य गर्नका लागि नेपाल शिक्षक संघ बारेकोटले १२ महिनाको तलवभत्ता, दशैपेश्की सहितको रकम नीजि शिक्षकलाई दिनु पर्ने माग राखेर बारेकोट गाउँपालिकालाई ज्ञापनपत्र बुझाउने निर्णय भएको नेपाल शिक्षक संघ बारेकोटले जनाएको ।

हाल बारेकोट गाउँपालिकामा स्थायी १४, अस्थायी ८, बालविकास १, अनुदान ४, नीजि ८, राहत १२ जना गरि ४३ जना शिक्षकहरु नेपाल शिक्षक संघमा आवद्ध भएका छन भने, विशिष्ट १६, कर्मठ २, साधारण २२ जना शिक्षक गरि ४० जना रहेका छन् ।

डिजिटल सन्चारबाट


ताजा समाचार