Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

नगर प्रमुख घर्तिद्वारा जाजरकाेटी क्रिकेट टिमकाे विदाई

जाजरकाेट । रुकुमकाे चाैरजहारीमा आयाेजना हुन लागेकाे प्रदेश कप टी-२० क्रिकेट प्रतियाेगिता खेल्न जाजरकाेटकाे क्रिकेट टोलि साेमबार त्यसतर्फ गएकाे छ ।

प्रतियाेगिताका लागि टिममा परेका १४ सदस्यीय जाजरकाेटी टोलीलाई सोमबार विहान एक कार्यक्रमबिच विदाई गरिएको छ । टोलीलाई जितको शुभकामना दिदै भेरी नगरपालीकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले विदाई गरेका थिए । विदाई कार्यक्रममा नगर प्रमुख घर्तीले खेलक्षेत्रका निम्ति आफुले सक्दाे सहयाेग गर्ने र अबकाे लगानि युवापिढिमै गर्ने बताएका छन् । तेस्तै लगानीको अभावले युवाहरू खेलकुदबाट भाग्नु पर्ने अवस्थाको अन्त्य गर्ने नगरप्रमुख घर्तिको भनाई छ ।

कर्णाली प्रदेश क्रिकेटमा निकै पछाडि भएकोले उक्त खेलको विकास र खेलाडीको हौसलाको लागि उक्त प्रतियोगिता सञ्चालन गरिएको छ ।

प्रदेश कप टी-२० क्रिकेट प्रतियाेगीताका लागि टोलीमा टोलीमा कप्तान युनिस विक्रम सि‌ंहसँगै उपकप्तान मबिन शाह, कुशल कुमार कार्की, रितिक ज‌ंग शाह, प्रणाम भंडेल, आराेग्य जंग शाह र सुमन गुरुङ छन् । त्यस्तै, पदम भण्डारी, भक्त शाह, प्रनिल बिक्रम चन्द, केशब अधिकारी, सविन भंडेल, मितलेस ठाकुर, बिबस बिक्रम शाह र विनाेद शाहि समेत टोलीमा रहेका छन् ।

उक्त बिदाई कार्यक्रममा जिल्ला क्रिकेट संघ जाजरकाेटका अध्यक्ष पवन शर्मा, पत्रकार रेशम खड्का, खेलाडीहरुकाे सहभागीता रहेकाे थियाे ।


ताजा समाचार